Page:Shakuntala.pdf/347: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
मुस्मुसे सम्झना बस्छे पन्लवाधरमा मिही । | |||
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥ | |||
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए । | |||
हल्लियो सर्सराएर हरा पोशाक रेशमी ॥ | |||
दिँदा चपत हावाले फूल-गालाविषे अलि । | |||
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥ | |||
साफल्य बेसको भर्दो मीठो स्पन्दित आकृति । | |||
अली अली चले जस्तो भावले उछलिँदा उर ॥ | |||
मीठो कृत्कृति लागेर, पन्सिइन्थे बराबर । | |||
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥ | |||
पन्सिएरए यमो केही अर्का ढलक सुन्दर । | |||
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥ | |||
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको । | |||
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥ | |||
प्रेमका दिलको इच्छा सिँगार अब षोडशा । | |||
साथ पूर्ण गर्दै भन्ने कामना झैं लजाउँथे ॥ | |||
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल । | |||
मानौ ढल्केर खोज्दा छन् जूनमा कामदेव नै ॥ | |||
मृद्केशी रागवैशी चिन्तालेशी तिनीहरू । | |||
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥ | |||
त्यहाँ रहे झै देखिन्थे बागमा सूरर्गका । | |||
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समज्ज्वल ॥ | |||
जूनभित्र शिलातृल्य ध्यानी कोमलभावका । | |||
रत्नदार शिलामाथि बसेको मेरुदण्डका । | |||
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको करा ॥ | |||
{{pcn|(१६०)}} | |||
सोधै दुष्यन्तले इन्द्रसाथ "यी क्रषिवर्गले । | |||
तपस्या किन गर्दा छन् पुगेन अझ स्वर्गले ?" | |||
{{pcn|(१६१)}} | |||
ड्न्द्र भन्छन् "स्वर्गलाई पनि राख्नै कनै कुरा । | |||
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 21:19, 25 May 2025
मुस्मुसे सम्झना बस्छे पन्लवाधरमा मिही ।
कपोलै पुष्ट हँसिलो ज्योत्स्नासित प्रसन्न छ ॥
रत्न-झल्मल चाञ्चल्य शीतका कणले दिए ।
हल्लियो सर्सराएर हरा पोशाक रेशमी ॥
दिँदा चपत हावाले फूल-गालाविषे अलि ।
लाल वर्ण भई लज्जा मस्त हुन्थी त्यहाँ खुली ॥
साफल्य बेसको भर्दो मीठो स्पन्दित आकृति ।
अली अली चले जस्तो भावले उछलिँदा उर ॥
मीठो कृत्कृति लागेर, पन्सिइन्थे बराबर ।
दुराक्रमण हावाको बेशर्मी भै बढीकन ॥
पन्सिएरए यमो केही अर्का ढलक सुन्दर ।
लिन्थे 'नाइँ' भने जस्तो मुस्कुरे ओठले त्यहाँ ॥
मीठो लज्जत झल्किन्छ सुख जस्तो निषेधको ।
त्यस्ता बैंसे थिए वल्ली मस्त हल्ली मनोहर ॥
प्रेमका दिलको इच्छा सिँगार अब षोडशा ।
साथ पूर्ण गर्दै भन्ने कामना झैं लजाउँथे ॥
नटी झैं ती प्रतीक्षाले सिँगारी मुख उज्ज्वल ।
मानौ ढल्केर खोज्दा छन् जूनमा कामदेव नै ॥
मृद्केशी रागवैशी चिन्तालेशी तिनीहरू ।
मन्द चाञ्चल्यले चारु बनी वल्ली तथा तरु ॥
त्यहाँ रहे झै देखिन्थे बागमा सूरर्गका ।
तपस्वीहरु देखिन्थे त्यहाँ पनि समज्ज्वल ॥
जूनभित्र शिलातृल्य ध्यानी कोमलभावका ।
रत्नदार शिलामाथि बसेको मेरुदण्डका ।
सोझा ब्रह्मा विचारेर, स्वर्गका परको करा ॥
(१६०)
सोधै दुष्यन्तले इन्द्रसाथ "यी क्रषिवर्गले ।
तपस्या किन गर्दा छन् पुगेन अझ स्वर्गले ?"
(१६१)
ड्न्द्र भन्छन् "स्वर्गलाई पनि राख्नै कनै कुरा ।
अनन्त अमृतानन्द भण्डार र अनन्तता ॥