Jump to content

Page:Ek chihan.pdf/88: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
नारानले भने ।
नारानले भने ।


"उनलाई दिए नानीथकुं र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने  
"उनलाई दिए नानीथकुँ र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने  
आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।
आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।


Line 12: Line 12:
बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई  
बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई  
दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै  
दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै  
भावमा नम्रतासाथ शिवनारानले भने ।
भावमा नम्रतासाथ शिव नारानले भने ।


"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ,  
"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ,  
Line 18: Line 18:


"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति  
"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति  
नानीथकुंको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?"  
नानीथकुँको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?"  
शिवनारानले भने ।
शिव नारानले भने ।


"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? ‘हुन्न’ भन्ने जबाफ दिइ
"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? 'हुन्न' भन्ने जबाफ दिइ
पठाऊँ त ?" लतमायाले सोधिन् ।
पठाऊँ त ?" लतमायाले सोधिन् ।


"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो  
"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो  
कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिवनारानले भने-
कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिव नारानले भने–
"मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना
"मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना
मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै  
मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै  

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिव नारानले भने ।

"उनलाई दिए नानीथकुँ र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।

"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिव नारानले भने ।

"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"

"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुँको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" शिव नारानले भने ।

"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? 'हुन्न' भन्ने जबाफ दिइ पठाऊँ त ?" लतमायाले सोधिन् ।

"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिव नारानले भने– "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"

एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी