Jump to content

Page:Laxmi nibandhasangraha.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए । भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:


भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई
भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई
बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको
बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको
लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं,
लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं,
फेरि सीता हरिनुभयो, फेरि रावण मारियो ।हामीले झोलुङ्गाको भाषामा
फेरि सीता हरिनुभयो, फेरि रावण मारियो ।हामीले झोलुङ्गाको भाषामा
नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी
नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी
आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान्‌ लागेर उठ्ने भए । अपठितले
आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान्‌ लागेर उठ्ने भए । अपठितले
पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले
पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले
आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किँदै उनका राम्रा
आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किँदै उनका राम्रा
क्षणमा सपना देख्न लागे । यहाँ केही थियो-जो अघि थिएन-केही
क्षणमा सपना देख्न लागे । यहाँ केही थियो-जो अघि थिएन-केही
खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा
खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा
हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा
हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा
प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र
प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र
दिव्यताको भारतको रस निचोरिएको थियो ।नेपालको बारीमा एउटा
दिव्यताको भारतको रस निचोरिएको थियो ।नेपालको बारीमा एउटा
सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी
सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी
फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन
फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन
लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली
लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली
बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी,
बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी,
प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्ड्कगणहरू यी
प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्ड्कगणहरू यी
उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुभ्नदेखि सदा टाढा छौं ।
उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुभ्नदेखि सदा टाढा छौं ।


साहित्यमा सवंश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा
साहित्यमा सवंश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा
तीब्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्‌, नेपाली हृदयको
तीब्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्‌, नेपाली हृदयको
श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा
श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा
तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा
तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा
 
रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य
रामायण लेख्थे, तर उनको
 
आत्मा जेलबाहिर थियो । उनको माधुर्य
 
सरलतामा छ-त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा
सरलतामा छ-त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा
हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति
हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति
Line 52: Line 32:
उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन्‌ उनी के
उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन्‌ उनी के
गरिरहेथे, तर हामी जान्दछौं-उनीले हाम्रा निमित्त के गरेर गए । उनको
गरिरहेथे, तर हामी जान्दछौं-उनीले हाम्रा निमित्त के गरेर गए । उनको
२४८लक्ष्मी निबन्ध-संग्रह

Revision as of 14:00, 30 January 2025

This page has not been proofread

भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए ।

भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनको लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौं, फेरि सीता हरिनुभयो, फेरि रावण मारियो ।हामीले झोलुङ्गाको भाषामा नवरस चाख्यौं । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी आत्माहरूको पढ्दा-पढ्दै कोही हनुमान्‌ लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किँदै उनका राम्रा क्षणमा सपना देख्न लागे । यहाँ केही थियो-जो अघि थिएन-केही खँदिलो प्राप्ति । नेपाली सभ्यतालाई रामायणका जराहरूबाट नयाँ टुसा हाल्नु थियो । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो-देवता र दिव्यताको भारतको रस निचोरिएको थियो ।नेपालको बारीमा एउटा सानो कल्पद्रुम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँथ्यौं । डाँडाको छातीमा उनको भाषा टक्कराउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर-घरमा नयाँ दीपावली बले र हामी आधुनिकतारूढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्ड्कगणहरू यी उनको विशाल प्रदानका महत्त्व दूरातिक्रमण बुभ्नदेखि सदा टाढा छौं ।

साहित्यमा सवंश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीब्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्‌, नेपाली हृदयको श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य सरलतामा छ-त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति टाढा थिए, जति एक घुबबाट अर्को धुव । उनी सच्चा ब्राहमण थिएर उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन्‌ उनी के गरिरहेथे, तर हामी जान्दछौं-उनीले हाम्रा निमित्त के गरेर गए । उनको