Jump to content

Page:Ek chihan.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाल..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर रामबहादुरले भने- "आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन न ।"
सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको  
अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको  
घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन  
जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम
बहादुरले भने- "आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको,  
कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन  
न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।
"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" रामबहादुरले मुसुमुसु हाँस्तै भने ।
"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।"  
रामबहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।
"त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि  
नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर  
गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै  
कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।" अलि मलिन भावमा  
लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बासाहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।"
"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बा
साहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।"

"सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?"
"सुब्बासाहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त  
कहिले कसरी तिर्ने भइरहेछ, कुन मुखले फेरि रुपियाँ पैंचो माग्ने ?"

"म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर ‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।
"म लिइदिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।"  
रामबहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट  
फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर  
‘हुन्छ’ भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने उनी सुब्बा  
सुरमानकी पटके ऋणी थिइन् ।

सफलताको छाया देखेर रामबहादुरले भने- "म सुब्बासाहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;
सफलताको छाया देखेर रामबहादुरले भने- "म सुब्बासाहेबलाई  
आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइदिनेछु । बडो  
गजबको सजिलो तान छ, मेसिनजस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ;

Revision as of 11:10, 13 April 2025

This page has not been proofread

सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि तल्सिङका तर्फबाट रामबहादुर नै गर्दथे । रामबहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने- "आजकल देशी तान आइरहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैय्यन् गज बुन्न सकिन्छ, त्यही किन न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" रामबहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्ति हुन्छ, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडिसकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइदिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागिदिउँला, त्यसैबाट कमाएर तिरिदेऊ ।"