Page:Champa.pdf/47: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
" | "शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भागया" होला, जोगी | ||
भा होला अब । एक वचन | भा" होला अब । एक वचन बोल्नुपर्थ्यो हामीसँग पनि ? ...कसरी | ||
छोड्न सक्नु | छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब | ||
उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको | उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको | ||
लहराजस्तो | लहराजस्तो जगत्का हावा–आँधीमा उनको के दशा हुने अब ? ..., | ||
उनी | उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु, | ||
आह ! | आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका | ||
आँसुको विश्लेषण पूरा तवरले गर्न | आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौं, तर चम्पालाई | ||
निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? | निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? | ||
यो पत्र | यो पत्र अरुलाई देखाउन लायक सम्झिनन् । भागेको पकका रहेछ | ||
अब । " | अब । "सन्यासी या जोगी भा" होला ! कसले के भन्या" थियो र ? कसले | ||
छुनु भन्या थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले | छुनु भन्या" थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले | ||
छेक्या थियो र ? | छेक्या" थियो र ? इत्यादि । | ||
चम्पाको | चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त | ||
वेदनाको | वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री | ||
त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव | त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन । | ||
फुस्रा | फुस्रा हुनेहरुको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका, | ||
अरिमठे | अरिमठे मोराहरु दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी | ||
जगाउने | जगाउने मोराहरु पनि त्यस्तै हुँदै हुन् । तिनीहरु पनि त एक–एक | ||
सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि | सुवासिनी रुवाएर घरबाट निस्क्या" होलान् नि... दया हुन्छ र दिलका जोगी | ||
भएर मात्र ? | भएर मात्र ? ...मान्छे त्यसै स्वर्ग जान खोज्दछन् । | ||
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका | दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए | ||
विशेषतया यसकारणले कि तिनीहरुमा एक बलिवेदीमा आत्मआहुतिमा | |||
परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले | परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले | ||
तीव्र वेदनाले प्रस्थान गरेको थियो | तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत । | ||
पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता | पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता | ||
तथा जीवनप्रयोजनको | तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— | ||
हतियार हराएका योद्धाहरु झैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट | |||
विजयास्त्र चट्ट फुत्केर नभेटिने | विजयास्त्र चट्ट फुत्केर नभेटिने टाउँमा उडेर पुगेको पाउँछन् । | ||
अस्तु ! | |||
{{nop}} | {{nop}} |
Revision as of 10:55, 20 June 2025
"शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भागया" होला, जोगी भा" होला अब । एक वचन बोल्नुपर्थ्यो हामीसँग पनि ? ...कसरी छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्का हावा–आँधीमा उनको के दशा हुने अब ? ..., उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु, आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौं, तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरुलाई देखाउन लायक सम्झिनन् । भागेको पकका रहेछ अब । "सन्यासी या जोगी भा" होला ! कसले के भन्या" थियो र ? कसले छुनु भन्या" थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले छेक्या" थियो र ? इत्यादि ।
चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन । फुस्रा हुनेहरुको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका, अरिमठे मोराहरु दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी जगाउने मोराहरु पनि त्यस्तै हुँदै हुन् । तिनीहरु पनि त एक–एक सुवासिनी रुवाएर घरबाट निस्क्या" होलान् नि... दया हुन्छ र दिलका जोगी भएर मात्र ? ...मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए विशेषतया यसकारणले कि तिनीहरुमा एक बलिवेदीमा आत्मआहुतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— हतियार हराएका योद्धाहरु झैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने टाउँमा उडेर पुगेको पाउँछन् । अस्तु !