Page:Champa.pdf/38: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
योभन्दा असल | योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् । | ||
नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो | "नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो | ||
कस्तो हुँदो होला | कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन् | ||
नि ! सिनेमामा त कालो या | नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर | ||
लाइट | लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम | ||
क्षेत्र पाएकी थिइन् । तर | क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा | ||
अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । | अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद | ||
होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । | होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । | ||
कैद ! जाँतो | कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा | ||
कम हुन्छन् र ? कति काला टीका | कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी, | ||
सासूबाट | सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके | ||
चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात | |||
ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । | ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली, | ||
बन्दा । के जीवन | बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली | ||
जीवनको | जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर, | ||
जबसम्म जुँघामा काइ लाग्दैन । नभए | जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन् । | ||
बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण | बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण | ||
नै छैन । | नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ । | ||
पहाड मात्र | पहाड मात्र ठूला छन् । यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र | ||
प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान् | प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका | ||
वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न | वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो | ||
न सानो । एक | न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई | ||
भन त ? सौन्दर्य । | भन त ? सौन्दर्य । | ||
अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन | अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन | ||
सक्तछ | सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ | ||
कुनै क्षेत्र छ ? के यसको | कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता | ||
तरङ्गका साथ शिर हल्लाएर ओठ | तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् । ठीक यसै बेला चिमिरे, | ||
च्यान्टे, च्याँसे, | च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे । | ||
उनको ढोका | उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी | ||
चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको | चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको |
Latest revision as of 20:38, 17 June 2025
योभन्दा असल चीजका निम्ति कल्पना गरेकी थिइन् ।
"नूरजहाँ कति राम्री हुँदी होलिन् ? मुमताजमहलको चिउँडो कस्तो हुँदो होला ! देविका रानी पनि देखियो । त्यत्ति नै ता हुन् नि ! सिनेमामा त कालो या कल्सेँन्डो मुखमा सेतो रोगन लगाएर लाइट लगाइदिए पनि त खूब सुन्दर हुँदो होला । उनले कमसेकम क्षेत्र पाएकी थिइन् । तर, तर कति धेर कुसुम छन् जो मरुभूमिमा अदृष्ट लाली देखाउन मात्र जन्मेका हुन्छन् । के घर पनि एउटा कैद होइन ? बच्चा भएपछि त गलफन्दी लागिहाल्यो । न यता हिल, न उता चल । कैद ! जाँतो पिँध जस्तो कैदी ढुङ्गा फोर्छन् । वचनका कोर्रा कम हुन्छन् र ? कति काला टीका लगाईमाग्नु छ बाबा ! देउरानी, ज्येठानी, सासूबाट ? अनि उठ, पूजासामान माझ, खरानीले हात फुटाऊ सके चुलोमा समेत फू फू गर, आँखा पिरो पार, दाउरा सराप, (भात ख्वाउनु त्यस्तो बराबर नपरे पनि) । मेथीचम्सुर, गान्टेमूला, काउली, बन्दा । के जीवन यतिभन्दा टाढा जाँदैन ? घटनाको अभाव नै नेपाली जीवनको ब्याज हो । भए तमाखु खान्छन् लोग्नेमान्छेहरू ढुम्म बनेर, जबसम्म जुँघामा काइ लाग्दैन । नभए फटफटाउँछन् । कावा खान्छन् । बहुला हुन्छन् । यत्रो विशाल नेपालमा मध्यमता नै सिवाय प्रधान गुण नै छैन । मझौलापनाभन्दा आर्को चीज नेपाली नै होइन मानौँ । पहाड मात्र ठूला छन् । यहाँ गौरीशङ्कर र धवलागिरि मात्र यहाँ विशेष र प्रधान छन् अरू नामका मात्र । यहाँका विद्वान्, अँडिरका रूख । यहाँका वैज्ञानिक भुसुना । यहाँका कला न खराब न असल । देश पनि न ठूलो न सानो । एक चीज जसमा नेपालको र नेपालीको विशेषता छ मलाई भन त ? सौन्दर्य ।
अब यी सौन्दर्य जो संसारसँग अनमोलपनाको कसीमा घोटिन सक्तछ के त्यसको नेपाल र नेपालीमा कदर छ त ? के यसलाई यहाँ कुनै क्षेत्र छ ? के यसको विकास र पोषण छ यहाँ ?" चम्पाले यस्ता तरङ्गका साथ शिर हल्लाएर ओठ लेप्र्याइन् । ठीक यसै बेला चिमिरे, च्यान्टे, च्याँसे, फिस्टे स्वामिजी ठमठमाउँदै भित्र पसे ।
उनको ढोका घर्काइद्वारा स्वप्नसंसारबाट सचेतना प्राप्त गरी चम्पा मेचबाट हत्तपत्त उठिन् । उनको चेहरामा बागीको मुखमा दोषको