Page:Champa.pdf/37: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते | नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते | ||
खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न | खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न | ||
जान्दैनन् । | जान्दैनन् । उनको सासमा जलनको मिठो दबेको उच्छ्वास छ न | ||
हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी | हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कुमारीलाई | ||
राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू | राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू | ||
दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न | दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न | ||
हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता | हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता | ||
छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो | छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो, अर्काको | ||
पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । | पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस, | ||
खत्तम । स्त्री आत्माको चाख या प्यासको बलजफ्ती हो । विधिको | |||
सुर्काउने । छिः न गान, न नाच, न भावना, | सुर्काउने । छिः न गान, न नाच, न भावना, हकि हाम्रो नेपाली जीवन ?" | ||
चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक | चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक | ||
स्वस्थ | स्वस्थ युवतीको हुनुपर्दछ । यस बेलामा जस्तो झनक्क रिस कहिल्यै | ||
उठ्दैन । यस | उठ्दैन । यस बेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा | ||
हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने | हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने | ||
जवानीको फुल्दो तेजले उसको | जवानीको फुल्दो तेजले उसको हाँकको पूरा जोड अनुभव | ||
गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि | गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि | ||
बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ । | बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ । | ||
चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो | चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो | ||
मूर्तिको | मूर्तिको तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या | ||
प्रेमदेवीको | प्रेमदेवीको शिल्पचित्रमा कसर हुँदो हो; गणितको कलात्मक अभाव | ||
उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला | उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा, पातला दिवारकी कैदी बनेर | ||
बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी | बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइन् | ||
त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको | त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको | ||
मेथीचम्सुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र | |||
अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर | अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन । तर | ||
दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग | दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिईकन | ||
नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म | नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म-पाप लाग्छ । | ||
यताउति विचार | यताउति विचार गर्नु– त्यो पनि आफ्नै । तर जरुर प्रकृतिले उनलाई |
Latest revision as of 20:31, 17 June 2025
नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । उनको सासमा जलनको मिठो दबेको उच्छ्वास छ न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कुमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो, अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस, खत्तम । स्त्री आत्माको चाख या प्यासको बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हकि हाम्रो नेपाली जीवन ?"
चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतीको हुनुपर्दछ । यस बेलामा जस्तो झनक्क रिस कहिल्यै उठ्दैन । यस बेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँकको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।
चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्पचित्रमा कसर हुँदो हो; गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा, पातला दिवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचम्सुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन । तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिईकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म-पाप लाग्छ । यताउति विचार गर्नु– त्यो पनि आफ्नै । तर जरुर प्रकृतिले उनलाई