Page:Champa.pdf/26: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रामकान्त खूब पढ्न लागिरहेका थिए, | रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको | ||
सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी | सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी | ||
तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने | तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने | ||
भावना राजा मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि | भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि | ||
विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध | विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध | ||
हुन्थ्यो । | हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक | ||
सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई | सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई | ||
ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि | ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि | ||
जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो | जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो | ||
नराम्रा | नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको | ||
मोहनी लाग्यो । यस | मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस | ||
कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको | कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको | ||
कीटाणु मनुष्यभन्दा | कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू | ||
हुने काम गर्छ । | हुने काम गर्छ । | ||
कीटाणुले भन्यो | कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा | ||
निस्कँदैन यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला | निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला | ||
सूक्ष्मवीक्षण | सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला | ||
भन्ने आशाले हावा धूलोमा घुम्दै आए । | भन्ने आशाले हावा-धूलोमा घुम्दै आए । | ||
बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई | बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई | ||
डाक्टरले कालको | डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित | ||
भयङ्कर धब्बाहरू … आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।" | |||
रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई | रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई | ||
भयानक गाली दिए । के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको | भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको | ||
यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । | यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । | ||
बी.ए.मा विश्वास गराउनु के एक | बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट | ||
भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान | भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि, | ||
हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो | |||
चालाकी हो । हाम्रो | चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक | ||
होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक | |||
भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र |
Latest revision as of 20:28, 15 June 2025
रामकान्त खूब पढ्न लागिरहेका थिए, रातरातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने भावना राजा, मन्त्रीमा मात्र हुँदैन, यो परिक्षाको संसारमा पनि विद्यार्थीवर्गमा पाइन्छ । प्रथम हुनुमा एक साम्राज्यको भावना सिद्ध हुन्थ्यो । रूपमा उनी पछाडि परेका थिए । भ्यागुतोजत्तिकै बौद्धिक सौन्दर्यको प्रतियोगिता थियो । शिक्षाको केन्द्रहरूमा । यसलाई ग्रीकहरूले पूजा गरेका थिए । आफ्नी सरस्वती काँचै थिइन् तापनि जुपिटर सम्राट्को ज्वालामुख साम्राज्य एक भारी विलास हुन्छ जस्तो नराम्रा पण्डितहरू राजसभामा कायम गर्दछन् । उनलाई गौरीशङ्करको मोहनी लाग्यो । यस सङ्ग्राममा म भिक्टोरिया क्रस प्राप्त गर्छु । यस कुभावनामा परेका धेरै फोक्सा बिग्रे, धेरै कलेजा सुके । क्षयको कीटाणु मनुष्यभन्दा चङ्ख हुन्छ त्यस बेला जब मनुष्यले बुद्धू हुने काम गर्छ ।
कीटाणुले भन्यो, "को घाममा कम बस्छ ! को हावामा ज्यादा निस्कँदैन, यो शारदीय निर्मल समयमा, हँ ?" साना सर्पजस्ता काला सूक्ष्मवीक्षण यन्त्रका अल्पजीवहरू जीवनको प्रतियोगितामा पहिला हुँला भन्ने आशाले हावा-धूलोमा घुम्दै आए ।
बस, बिहा गरेको डेढ वर्ष हुनासाथ रामकान्त अधिकारीलाई डाक्टरले कालको वारन्ट दियो … "दुवै फोक्सा प्रभावित, भक्षित भयङ्कर धब्बाहरू … आयु चार महीना …… राम्रो औषधि व्यवहार नभए ।"
रामकान्तले किताबहरू सल्काए । सब मास्टर, प्रोफेसरलाई भयानक गाली दिए । "के यिनीहरूले हामीलाई पहिला हुन प्रेरणा दिएको यत्तिका निमित्त ? ग्रेजुएट भएका कति जीवनमा फेल खाइरहेछन् । बी.ए.मा विश्वास गराउनु के एक भयङ्कर धोखाबाजी होइन ? किन स्पष्ट भन्न सक्तैनन् तिनीहरू बढ्दो फुल्दो नयाँ पुस्तान नौजवानअगाडि, हामीहरू बिलकुल महामूर्ख हौँ । लवज बेचेर खाने हाम्रो यो चालाकी हो । हाम्रो पाठनकलामा विज्ञान छैन । हामी जीवन विकासक होइनौँ । हामी उदरपूरक हौँ । हामी पाश्चात्य सभ्यताले युवक भाँडेर खान्छौँ, पछि गुरु तथा तानाशाहका पन्जाबाट आत्मसंस्कार र