Jump to content

Page:Champa.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो  
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो  
शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया  
शहर बना ? नेपालमा म्यूनिसिप्यलिटीले के गर्छ ? गाँजा खाने जागीर दिया  
त होइन ?" इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता  
त होइन ?" इत्यादि नौजवानहरू आफ्नो सुविस्ता  
(शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ………
(शारीरिक या मानसिकद्वारा) सरकारको सरहनी या बदख्वाइँ गर्ने  
गर्दछन्


उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो "म ता च्यान्टा  
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो, "म ता च्यान्टा  
मान्छे मैले बिहे गरेंभने चीनीया मैयाँ, बुझिनस् कि ?"
मान्छे ! मैले बिहे गरेँ भने चीनीयाँ मैयाँ, बुझिनस् कि ?"


एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया  
एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया  
बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो  
बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो  
लागेर, होइन, दि ! काँट आ’ हँ ?" भनेर च्याट्ठ बोल्या त, ए "चाङ वाङ चुबु  
लागेर, होइन, दि ! काँट हँ ?" भनेर च्याट्ट बोल्या त, ए चाङ वाङ चुबु  
कारु कानवान"- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा
मारू कारू कानवान गरी, म ता सुइँकुच्चा ठोकेँ बा ! हाँस्दाहाँस्दा
हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?" …….
हैरान । कस्तो ठिक्क गुरुङसेनीजस्ती हँ ?"


आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू  
आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू  
मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति  
मङ्गोलियन जातिलाई अत्यन्त हेलाँ गर्छौ, बा ! तँ एक जनाले जाति  
मिलाउन लागिस् के कसो ए ?"
मिलाउन लागिस् कि कसो ए ?"


रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न  
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न  
लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ-
लाग्थे । उनलाई चीनीयाँ च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ-
काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।  
काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।  


"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा !  
"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा !  
रोगन सुन जस्तो, कपूर जस्तो होइन ।"
रोगन सुनजस्तो, कपूरजस्तो होइन ।"


यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो ।  
यस्तो कुराकानी जापानी, बङ्लो इत्यादि विषयमा हुँदै थियो ।  
जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा  
जापानी चित्रपटमुताबिक बुढानिलकण्ठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा  
चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे  
चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे  
कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर,  
कि जीवनको ठाँट कल्पनामुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर,  
जाति, परिस्थिति यी कंटहरू ! "मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति  
जाति, परिस्थिति यी कण्टहरू  "मैले देख्नु न सेख्नु ! वाह ! बिहे रे ! कति  
मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे फूलपुतलीसँग  
मज्जा कुरा ? जाँतसँग ज्येठा दाज्यूले बिहे गरे, फूलपुतलीसँग  
माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ?  
माहिला दाज्यूले बिहे गरे, अब म कोसँग … बाघसँग कि ढोईसँग ?  
उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको
उनको त खुट्टा मिच्ने मान्छे जोर्ने पो कुरा छ । मेथी चम्सुरको
सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?
सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?

Latest revision as of 11:36, 15 June 2025

This page has been proofread

जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बना ? नेपालमा म्यूनिसिप्यलिटीले के गर्छ ? गाँजा खाने जागीर दिया त होइन ?" इत्यादि … नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरकारको सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ।

उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो, "म ता च्यान्टा मान्छे ! मैले बिहे गरेँ भने त चीनीयाँ मैयाँ, बुझिनस् कि ?"

एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ हँ ?" भनेर च्याट्ट बोल्या त, ए चाङ वाङ चुबु मारू कारू कानवान गरी, म ता सुइँकुच्चा ठोकेँ बा ! हाँस्दाहाँस्दा हैरान । कस्तो ठिक्क गुरुङसेनीजस्ती हँ ?"

आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मङ्गोलियन जातिलाई अत्यन्त हेलाँ गर्छौ, बा ! तँ एक जनाले जाति मिलाउन लागिस् कि कसो ए ?"

रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीयाँ च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।

"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुनजस्तो, कपूरजस्तो होइन ।"

यस्तो कुराकानी जापानी, बङ्लो इत्यादि विषयमा हुँदै थियो । जापानी चित्रपटमुताबिक बुढानिलकण्ठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाँट कल्पनामुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कण्टहरू "मैले देख्नु न सेख्नु ! वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतसँग ज्येठा दाज्यूले बिहे गरे, फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग … बाघसँग कि ढोईसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने पो कुरा छ । मेथी चम्सुरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?