Page:Champa.pdf/11: Difference between revisions
→Not proofread: Created page with "बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् । "के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?" "केही भएन……….. अलिकति ठक्क..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् । | बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर | ||
सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो | |||
लंपटबाट उडिन् । | |||
"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?" | "के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?" | ||
Line 9: | Line 11: | ||
"होइन ……. केही भएन……….. ।" | "होइन ……. केही भएन……….. ।" | ||
सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको, कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ । | सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सव | ||
सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले | |||
सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको, | |||
कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, | |||
साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन | |||
चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको | |||
बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार | |||
गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र | |||
चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन | |||
कृष्णाष्टमी छ । | |||
सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त अझ । उमेर पनि त ताजै छ नि ।" | सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा | ||
पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त ! | |||
अझ । उमेर पनि त ताजै छ नि ।" | |||
"ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।" | "ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश | ||
काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा | |||
भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान | |||
भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म | |||
बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।" | |||
बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार, सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् । स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी | बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार, | ||
सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला । | |||
तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी | |||
चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा | |||
होलान् । स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी |
Revision as of 15:35, 8 March 2025
बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् ।
"के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?"
"केही भएन……….. अलिकति ठक्कर मात्रै लाग्यो ।"
"दुख्यो कि साह्रै ?"
"होइन ……. केही भएन……….. ।"
सुब्बाबाजेको आँखा कोठावरिपरि घुमेर सुब्बेनीबज्यैको कोठा सव सिँगारदार, रङ्रगीलो थियो । वालपेपरले सजेको………. पालिसदार दराजहरुले सुसज्जित…….. दराज, झ्यालउपर माटाका सिँगारेका उड्दा परीहरु ठाँटेको, कार्पेट नयाँ, सत्रञ्जाउपर गलैँचा । सब चीज फरेस देखिन्थे । टेबिलमा ऐना, साबुन, फूलदान, काँचका पुतली, आधा दर्जन प्लेटहरुको खात, आधा दर्जन चियाका प्यालाहरु ………… थिए । अढाइहत्ते गद्दीउपर साटिनदार झूलको बारलेटको नीलो रङ्गाएको जाली उचालिएर नागबेली दोलाईंको कलादार गुँडुल्का स्पष्ट प्रदर्शन गर्दथ्यो……… दुइटा चकडीमा बसेर बुलु र चुनु बुहारी फूलको माला गाँसिरहेका थिए । भोलिको दिन कृष्णाष्टमी छ ।
सुब्बाले सुब्बेनीलाई छेड हानेर भने, "सुब्बाभन्दा त सुब्बेनीकै दर्जा पो ज्यादै ठूलो देखिन्छ त ? खूब फरेसमा छौ, ए तिमी त ! अझ । उमेर पनि त ताजै छ नि ।"
"ऊँ ! कसरी मर्जी भा होला ….. अचम्म ! अर्काको केश काँस भैसक्यो ह्वा ! के छ र यहाँ त्यस्तो विघ्न ? म त बिलकुल सादा भन्थेँ ! तर छोराहरु छन् नि हजूरका …….. टेबिल भएन रे, फूलदान भएन रे ……. ज्येठाले कलकत्ताबाट ल्याइलिएका प्लेट र प्यालाहरु सब । म बूढी कहाँ चिया पिउँथेँ र ? यी कलकत्ताबाजको करले मात्र ।"
बूढा तस्बिर जाँच्दैहिँडे……. कृष्ण र विष्णु…….. जरीदार, मालादार, सिँगारदार……….. तस्बिरमनि साना तख्ता, तिनउपर एक एक ढलौटे पाला । तेल टम्म । बूढाले विचार गरे बूढीको कोठामा रातभर कृष्णजी चमचम ज्वालाको तारिलो मोहनीले जरुर रासलीला खेल्न आउँदा होलान् । स्त्रीजातिलाई यथार्थ स्वामीले पुग्दैन । एक काल्पनिक स्वामी