Jump to content

Page:Champa.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“माक्क ! मोरी !” भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे । अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“माक्क ! मोरी !भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले  
"माक्क ! मोरी !" भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले  
टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।
टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।


Line 21: Line 21:
थिए ।
थिए ।


“ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो  
"ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो  
रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?
रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?"


“महाराज !
"महाराज !"


“होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे  
"होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे  
मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्‍या राम्रो  
मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्‍या राम्रो  
देखिन्छ त !
देखिन्छ त !"


“सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !
"सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !"


“अँ ? ऐना स्रेस्ता हेर्‍या छौ पण्डिता ?
"अँ ? ऐना स्रेस्ता हेर्‍या छौ पण्डिता ?"


“ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।”
"ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।"


“बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र  
"बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र  
गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा
गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा

Revision as of 23:16, 6 March 2025

This page has not been proofread

"माक्क ! मोरी !" भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे ।

अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर यो उत्ताउली वयसीहरुको खिसीटेप्लीले उनलाई आफ्नो धार्मिक कल्पनाको जगतबाट अलिकति यस संसारतर्फ सचेत गराइदियो । बूढाले सोच्न लागे । आजकालका ठिटीहरु के विघ्न उत्ताउला ! अलपक्का नजडी आँग नहिलाई, आँखा नतर्की, नचलमलाई त हिँड्नै नसक्ने । कति सिँगारिनु परेको ? सेतो छाला छँदैछ…. बस, गुलाफउपर रङ थप्याझैँ हेरन कति बाक्लो फा ! अनि लाली । नकलीपनाको यत्रो चहलपहल । रेशमी चूरी………ल…. हेरन कपालका पत्ती…….. मुन्द्रा बटार्छन् बा ! दिनभरी कप्ट्यारो सेकाएर………. भौँ टिप्याछन् उस्तै…….. नामै त कामिनी अब …….. कुरकुर बैँस……… कति हाँस्नुपर्‍यो ल …….. जे देखे पनि कुतकुती लाग्याछ, लाग्याछ…….. ससुरा भनेर रोकिने हुन र ? ……. माक्क मोरी … भनेर हिँड्छन् ए ! कस्ता बेशरम ल ! यिनको माकल हुन आएँ अब ए चपलचन्डी हो ……….. ।'

तर बूढाले उठ्दो रीस दबाए….. यी यस्तै हुन्, सेती पाडीहरु भनेर चित्त बुझाए । उनी खूब राम्रा, लायक थिए आफ्नो बैँसमा । उनलाई रुपको मोहनीले नै धेरै राजाले सुब्बाङ्गी दिएका थिए ।

"ए ! सुब्बा हुन लायक त यिनी पो रहेछन् ए ! जेठ्ठा ! यस्तो रातोपिरो मोटोघाटो मान्छे पो सुहाउँछ, कसो ?"

"महाराज !"

"होइन त ? …….. हेर्न यिनको बल्दो चेहरा, रातोपिरो मान्छे मात्रै मन पर्छ ए ….. मलाई त ! … च्याँसे सुब्बाले कल्की भिर्‍या राम्रो देखिन्छ त !"

"सुब्बाङ्गी बक्सिन खूब लायक हुन सरकार !"

"अँ ? ऐना स्रेस्ता हेर्‍या छौ पण्डिता ?"

"ल………. चौबीस सयको मीर सुब्बा भयौ……. रुपियाँ राख ।"

"बस……… त्यो जमाना कहाँ गयो, अब यी मुकुँडीहरुले खिर्र खुर्र गरेर हँस्सी उडाउन लायक रे ए आज त ? …… तरुनीहरु हाम्रा टायममा