Jump to content

Page:Shakuntala.pdf/134: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
यति भनी नखरे मृदुलाधरा ।
यति भनी नखरे मृदुलाधरा ।
::शिशु ताम मुस्किदिइन्‌ बरी ॥
::मुसुमुसू मित मुस्किदिइन्‌ बरी ॥
परी-
त्रिदशकी दुहितासरी ती परी-
::कन गरी दिनकी महिमासरि ॥
::कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
सुमनका मनमा मृदु शब्द ती ।
::श्रवणसिक्त प्रसन्नमना नृप॥
::श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको ले मधु चढे अघि ।
मधुपको मधु प्यूँन चढे अघि ।
::क नजरले सुतकुजहे, शिकारमा ॥
:नजरले मधुकार शिकारमा ॥
{{pcn|(६२)}}
{{pcn|(६२)}}


सकल चञ्चलता चकिता गने
सकल चञ्चलता चकिता बने
::लसिता असिता लता ॥
::मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
अब विचित्र बने छविचित्र ती ।
::पुरा तिते जलन अलीकति ॥
::नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रस 10]
पुरुषको रसको सुख कर्किदा ।
::पवनले गति कल्चल बिसिँदा
::पवनले गति चञ्चल बिर्सिँदा
{{pcn|(६३)}}
{{pcn|(६३)}}


जन प्रतिष्ठित को ? कुन यो युवा?
जन प्रतिष्ठित को ? कुन यो युवा ?
::नर कि किन्नर ? देव कि मार वा॥
::नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
विपुल भाल समुज्वल चेहरा ।
::मधुर यौवन यो वनमा हरा ?
::मधुर यौवन यो वनमा हरा ?
{{pcn|(६४)}}
{{pcn|(६४)}}


पकन यतातिर यतातिर आउँछ त्यो युवा?
किन यतातिर आउँछ त्यो युवा ?
::रहन के, वसनोज्ज्वल यो घर ?
::रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
मनमनै नभनीकन चिन्तना-
::सहित ती वन कोमल कल्पना-
::सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस “शकुन्तला
सरि तिनी मधुबैँस 'शकुन्तला'
::चकित छन्‌ कृतझङ्कृतकुन्तला
::चकित छन्‌ कृतझङ्‌कृतकुन्तला
{{pcn|(६५)}}
{{pcn|(६५)}}


Line 36: Line 36:
::भ्रमर कुन्तलबाट शकुन्तला-
::भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
कन दिईकन फुर्सद, हेर्न त्यो
::पुरुषको रसकौ मनमोहन ॥
::पुरुषको रसको मनमोहन ॥
{{pcn|(६६)}}
{{pcn|(६६)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:18, 6 March 2025

This page has been proofread

यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन्‌ बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)

सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)

जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)

किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन्‌ कृतझङ्‌कृतकुन्तला ॥
(६५)

'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)