Jump to content

Page:Laxmi nibandhasangraha.pdf/211: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक
मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक  
कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले
कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले  
परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं
परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं  
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत  
छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि
छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि  
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा  
दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख
दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख  
लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ
लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ  
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ  
दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र
दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र  
अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच,
अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच,  
मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा
मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा  
मानव-मगजलाई यत्तिकै अधिकार छर बीसौं शताब्दीको लेखको नमूना
मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना
यहीहो।
यही हो ।
{{nop}}
{{nop}}

Latest revision as of 11:20, 21 June 2025

This page has not been proofread

मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना यही हो ।