Page:Laxmi nibandhasangraha.pdf/200: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जुवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी | |||
सोह्र ओटा कीराको गुँड लिएर सच्चा स्वदेशी तवरले भाग्य–परीक्षा गर्दछौं ! | |||
यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको | यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजिक र उत्तिकै | ||
रोचक छ । कुशलताका | रोचक छ । कुशलताका क्रिडाहरुभन्दा यसमा भाग्यको उलटपुलट | ||
झन् रोचक छ, झन् अविदितको मोहनी धारण गर्दछ र निखरा पूर्वीय | |||
भाग्य–सिद्धान्तको रङ लिन्छ । पहिले नै नतिजा अन्दाज गरिन सकिनु | |||
जुवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छट्टु र चतुरलाई | |||
नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम | नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम | ||
नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र | नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र | ||
बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना | बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना | ||
हुन सक्तछ र अर्काको | हुन सक्तछ र अर्काको धन सितैं लिन खोजको बापतमा अर्काले दिइदिन | ||
पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । | पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । | ||
आफूखुशी खतरामा पस र | आफूखुशी खतरामा पस र साहसमुताविक आफ्नो भाग्य गर, खालि | ||
हरामज्यादाहरु मात्रै बिग्रन्छन् । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न | |||
र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य | र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य | ||
अभिप्राय छ भनेर सम्झन नसक्ने | अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरु सच्चा हरल जुवाडे हुन्छन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 10:45, 21 June 2025
जुवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोह्र ओटा कीराको गुँड लिएर सच्चा स्वदेशी तवरले भाग्य–परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजिक र उत्तिकै रोचक छ । कुशलताका क्रिडाहरुभन्दा यसमा भाग्यको उलटपुलट झन् रोचक छ, झन् अविदितको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य–सिद्धान्तको रङ लिन्छ । पहिले नै नतिजा अन्दाज गरिन सकिनु जुवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छट्टु र चतुरलाई नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना हुन सक्तछ र अर्काको धन सितैं लिन खोजको बापतमा अर्काले दिइदिन पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताविक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरु मात्रै बिग्रन्छन् । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरु सच्चा हरल जुवाडे हुन्छन् ।