Page:Laxmi nibandhasangraha.pdf/79: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''आषाढको | {{x-larger|'''आषाढको पन्ध्र'''}} | ||
नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक | नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक | ||
Line 8: | Line 8: | ||
हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा | हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा | ||
वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा | वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा | ||
आज मधु तरंगहरू खेलिरहेछन्। पुकारा सुनेर स्वर्गको | आज मधु तरंगहरू खेलिरहेछन्। पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा | ||
हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा | हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा | ||
सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन् । हामी सुनौला | सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन् । हामी सुनौला | ||
बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्, | बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्, | ||
हृदयमा आनन्द र | हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा | ||
उर्लंदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा | |||
पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको | पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो । | ||
कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस | कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस | ||
Line 22: | Line 22: | ||
थपडीले बिहानको स्वागत गर्दछन् । खेतीवाल पनि बिहानीपखको मीठो | थपडीले बिहानको स्वागत गर्दछन् । खेतीवाल पनि बिहानीपखको मीठो | ||
सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । | सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । | ||
बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर | बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार | ||
हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन | हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन | ||
नचाउँछ । बालकहरूकी | नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार | ||
आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ । | आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ । |
Latest revision as of 13:18, 15 February 2025
आषाढको पन्ध्र
नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रङ्ग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हलुका तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा आज मधु तरंगहरू खेलिरहेछन्। पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन् । हामी सुनौला बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्, हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा उर्लंदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।
कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस दिन अलग-अलग कुनामा खुम्चिएर रहेका झोपडीहरूलाई जीवनको जादूले छुन्छ । किसानको आँगनमा झिसमिसे बिहान भई वनस्पतिको देवदूतले आवाज दिन्छ । किसानका बालबच्चाहरू साना हातका खुशिला थपडीले बिहानको स्वागत गर्दछन् । खेतीवाल पनि बिहानीपखको मीठो सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।