Page:Laxmi nibandhasangraha.pdf/59: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
उभाउन गएको ठिटो आफ्नै भाँडामा | उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै | ||
जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई | जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई | ||
सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा | सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन् । | ||
हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र | हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र | ||
नवीन प्राप्ति र नवीन अन्वेषणको | नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं | ||
चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, | चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न | ||
जान्छ । | जान्छ । | ||
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची | तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची | ||
छ। यहीं भारतको बीसौं शताब्दी छ, | छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीं आधुनिक आँखा छ, यहीं | ||
परराष्ट्र सम्बन्धहरू छन्, | परराष्ट्र सम्बन्धहरू छन्, यहीं भारतीय अदालत छन् । यहीं सूर्य | ||
अस्ताउँदैनन्, | अस्ताउँदैनन्, यहीं रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो | ||
अंग्रेजीमा के छैन ? | अंग्रेजीमा के छैन ? | ||
Line 20: | Line 20: | ||
हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- | हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- | ||
पण्डितजीहरू चाउरिएर बस्तछन् । | पण्डितजीहरू चाउरिएर बस्तछन् । | ||
{{nop}} |
Latest revision as of 16:36, 13 February 2025
उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन् । हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न जान्छ ।
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीं आधुनिक आँखा छ, यहीं परराष्ट्र सम्बन्धहरू छन्, यहीं भारतीय अदालत छन् । यहीं सूर्य अस्ताउँदैनन्, यहीं रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो अंग्रेजीमा के छैन ?
अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबूसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस् दर बसालेको, तैँ भाइसरायसँग हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- पण्डितजीहरू चाउरिएर बस्तछन् ।