Jump to content

Page:Laxmi nibandhasangraha.pdf/48: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका
पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका
भारसाम्यलाई रोग भन्दछन् र दुःखको चेतावनीलाई लक्षण भन्दछन,
भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्,
तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ
तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ
पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको
पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको
वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन,
वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन,
तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने।
तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने ।


तर मलाई कसैले त्यहाँ देख्यो- सुनधारानिर हो क्यारे ?- जहाँ
तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ
मः कड़गालको स्वरूपमा किर्लिड़ झुण्डिएको थिएँ। के त्यहाँ भीम
म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम
उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका
उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका
आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तं त्यहाँ छस, जहाँ फाहा
आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा
लगाउने र गाला मुसारने जीवनफिल्के ऐना देख्तैन, तर आफ्नो विकृति,
लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति,
आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिड़पनाको ऐना देख्तछ ।
आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ ।
मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो
मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो
मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ। त्यसैले
मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले
मान्छे साधु हुँदा होलान्। ओहो ! छालाले मोरेको पुतली हूँ कि भनेर
मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर
क्या वीरताको आत्मा तर्सेर आउँछ। लेप रे त्यहाँ जहाँ कड़ाल किर्लिन्
क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग
हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खड़बड़े निधारलाई बनेको
हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको
होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बात्रिएर गण्ठनमण्ठन
होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन
परेका छन, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र त्साउँछ,
परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ,
मेरो ओड़ारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको
मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको
बेपीधे खाल्टो हो। नाशभन्दा खण्डहर नराम्रो छ। म त्यहाँ दुनियांको
बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको
जीवनलाई डिच्च परेर गिज्याइरहेछु।' खोई ! त्यो तकिया ले न, त्यो
जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो
चाहिने ! अलि असजिलो भयो।' मेरो आरामको दुनियालाई परवाह छैन,
चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन;
म सहानुभूतिको विशाल नैराश्यमा ढुड़गो वनिरहेछु त संसार म जस्ते
म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै
हुँला भनेर हर-हमेशा मलाई हेरेर तसिंरहन्छ । त्यहाँबाट के जादू गयो ?
हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ?
कुन अखंदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाले नाम दिन जानेको
कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको
छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा
छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा
गर्थें- 'तँ मेरो जीवनधन' भनेर। त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो ।
गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो ।
त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट
त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट
यसले भाषा खंदिलो पार्न खोज्थ्यो। 'म प्यासी छु, म प्यासी छु' भनेर रुंदै
यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै
हात पसारथ्यों । आँखाभरि कृतज्ञता, ढुकढ़काउँदो सजीवतासँग भन्दथ्यो,
हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो,

Latest revision as of 20:35, 7 February 2025

This page has been proofread

पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने ।

तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ । मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ, मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन; म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ? कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो,