Page:Ek chihan.pdf/77: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
भावमा डाक्टर गोदत्त प्रसादले भने । | भावमा डाक्टर गोदत्त प्रसादले भने । | ||
जबाफ नदिईकन नानीथकुँ चुप | जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् । एकै छिन उनको | ||
मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि | मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि | ||
रहेकी | रहेकी नानीथकुँ ?" | ||
"मैले नकाम | "मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा | ||
नानीथकुँले भनिन् । | नानीथकुँले भनिन् । | ||
Line 12: | Line 12: | ||
डाक्टर गोदत्त प्रसादले भने । | डाक्टर गोदत्त प्रसादले भने । | ||
"मैले प्रेम नगरीकन पाप | "मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर | ||
पनि मैले छोड्न बल | पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु | ||
होला, यद्यपि तपाईं मलाई ज्यादै | होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा | ||
नानीथकुँले भनिन् । | नानीथकुँले भनिन् । | ||
एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ | |||
मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने | मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ | ||
सक्यो, तपाईं जानोस् | सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।" | ||
डाक्टर गोदत्त प्रसाद | डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि | ||
नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।" | नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 22:23, 22 June 2025
हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्त प्रसादले भने ।
जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् । एकै छिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि रहेकी नानीथकुँ ?"
"मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा नानीथकुँले भनिन् ।
"किन नानीथकुँ । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्त प्रसादले भने ।
"मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा नानीथकुँले भनिन् ।
एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।"
डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"