Page:Champa.pdf/44: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? | तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? … तेरो | ||
जीवनी शक्तिको अर्पण त भयो आफ्नै | जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ | ||
बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । | बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । | ||
किन डराइस् ?" | किन डराइस् ?" | ||
तर जीवन–संरक्षिणी शक्तिले जिती । | तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल | ||
हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार | हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार | ||
गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई | गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई | ||
Line 18: | Line 18: | ||
र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग | र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग | ||
उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख | उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख | ||
मात्र फर्कने | मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले | ||
झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । | झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । | ||
आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई | आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई | ||
इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के । | इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के । |
Latest revision as of 10:29, 20 June 2025
तँ यसैको लागि जन्मिइस्, तँ मरे के बेफाइदा छ ? … तेरो जीवनी शक्तिको अर्पण त भयो आफ्नै सत्यउपयोगको बाटोमा । तँ बेकार किन भाग्छस् ? होमिदे न आफूलाई मानव–धर्मको वेदीमा । किन डराइस् ?"
तर जीवन–संरक्षिणी शक्तिले जिती । स्वार्थीभावहरू ज्यादा प्रबल हुन्छन्, ज्यादा तिनैको विजय हुन्छ । उसले पलायनको नीति स्वीकार गरी र त्यसैउपर लम्बेचौडे व्याख्यान छाँटी, त्यो अदृष्ट कसैलाई महामूर्ख बनाएर, गिल्ला उडाएर ।
रामकान्तको हालसालको मूक, निन्याउरो, अलग्गीपना देखेर त्रस्त चम्पा भित्री प्रेरणाले झन्झन् बराबर कोठाभित्र झल्याकझुलुक देखिन थालिन् ।
तब एक रातभर चिन्तनशील युवक रामकान्तले बिहानी तोपका साथ घर छोड्ने निश्चय गरे । उनले भने, "म जिउन चाहन्छु, मर्न चाहन्नँ ।" तब एक चिठी लेखेर चम्पाको शृङ्गारको बाकसभित्र हालिदिए र माताकहाँ मिरमिरे उज्यालोमा गएर भने— त्यस दिन साथीभाइहरुसँग उनलाई दक्षिणकालीमा जाने काम थियो । उनी भोलिपल्ट बेलुकीपख मात्र फर्कने थिए… घरबाट प्रस्थान गर्दा चम्पाले गालीदार नजरले झ्यालबाट एक बार उनलाई ताडना दिइन् । उनले पुलुक्क हेरे । आँखा रसाएर आयो हृदयमा तीव्र वेदना भयो तर उनी आफ्नो छातीलाई इस्पात बनाएर घरको द्वारबाट बाहिर निस्के ।