Page:Prometheus.pdf/94: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(५१)}} | |||
"यस प्रमिथसतले बिश्वप्रेमको महाध्वजा | |||
एक रोज उचाल्नेछ जगतमा ! ए जिउस, महाक्रर ! | |||
सत्यसिद्धान्तहीन शासक संकुचित दृगले | |||
विरालोफेँ, उल्कझैँ नव युगको हेर्ला ज्योति ! | |||
अनन्तकाल छु, अनस्तकाल छ, अनन्तकाल । | |||
एक दिवस उतको गर्भबाट होला प्रसूत । | |||
जब सशैलसागरा प्रसन्नवदनी वसुन्धरा | |||
पुलकित होलिन् नव प्रातमा सत्य-विजयको | |||
देवसंपद्हरू चहकिला चम्केलान् पृथिवीभर | |||
अहा, वेदना ! उफ, ओह, ओह, महती वेदना ! | |||
महान् विचार संकष्ट ! महाभाव जन्मको | |||
उग्र दशन ! | |||
{{pcn|(५२)}} | |||
"हेर् फक नशामा तेरो अन्धक्रोधको ज्वाला | |||
दुगुरिरहेछ ममा हे क्र्र क्रर, स्वर्गराज ! | |||
तर ममा म प्रमिथसमा छ विदित एक | |||
महागोप्य ! महारहस्य जो तँ जान्दैनस् स्वर्गराज ! | |||
त्यसले दिनेछ स्वर्गको अलमस्त उरमा पनि | |||
बरामर सुइरा ! असत्यको राज्यको आयु जो | |||
अल्प गराउँछ त्यो महासत्य तँ जान्दैनस् | |||
देवराज ! समयपटमा अंकित छ तेरो पतन । | |||
गणित छन् दिन तेरा ! जिउस हे गर्वी, हे क्रोधान्ध ! | |||
{{pcn|(५३)}} | |||
"सुन हे पर्वत, सुन नाला, सुन सागर, | |||
ज्वालामुखी सुन, सुन हे धरा, आकाश ! | |||
मिथ्याको शासक स्वर्गको त्यो जिउस गिर्नेछ, | |||
गिर्नेछ, गिर्नेछ, शतचर्ण ! सुन भविष्यवाणी ! | |||
भविष्यवाणी मेरो ! पुलकित भई सुन हे श्रोतृगण | |||
सारा क्दरतका ! हे भीरु भीरु श्रोतृवर्ग ! तिमीहरू | |||
सुन यत्ति ! यो टाइ्टान आट्मा-विजवी होला | |||
एक वार ! एक वार अनन्त नीतिको उदार स्थितिमा | |||
शिर्नेछ, गिरनेछ, गिर्नेछ त्यो क्रूर स्वर्गराज ! | |||
एक महागोप्य छ अश्रुत अझ ए गिरिवरहो ! | |||
एक महारहस्य ! अफ छैन त्यो उच्चारित जगमा !" | |||
{{pcn|(५४)}} | |||
यो टाइटान् आत्माको महाघोष पर्बतगूँजी | |||
सगर्व उठ्यो, महावेदनाको गर्भबाट गभीर । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
(५१)
"यस प्रमिथसतले बिश्वप्रेमको महाध्वजा
एक रोज उचाल्नेछ जगतमा ! ए जिउस, महाक्रर !
सत्यसिद्धान्तहीन शासक संकुचित दृगले
विरालोफेँ, उल्कझैँ नव युगको हेर्ला ज्योति !
अनन्तकाल छु, अनस्तकाल छ, अनन्तकाल ।
एक दिवस उतको गर्भबाट होला प्रसूत ।
जब सशैलसागरा प्रसन्नवदनी वसुन्धरा
पुलकित होलिन् नव प्रातमा सत्य-विजयको
देवसंपद्हरू चहकिला चम्केलान् पृथिवीभर
अहा, वेदना ! उफ, ओह, ओह, महती वेदना !
महान् विचार संकष्ट ! महाभाव जन्मको
उग्र दशन !
(५२)
"हेर् फक नशामा तेरो अन्धक्रोधको ज्वाला
दुगुरिरहेछ ममा हे क्र्र क्रर, स्वर्गराज !
तर ममा म प्रमिथसमा छ विदित एक
महागोप्य ! महारहस्य जो तँ जान्दैनस् स्वर्गराज !
त्यसले दिनेछ स्वर्गको अलमस्त उरमा पनि
बरामर सुइरा ! असत्यको राज्यको आयु जो
अल्प गराउँछ त्यो महासत्य तँ जान्दैनस्
देवराज ! समयपटमा अंकित छ तेरो पतन ।
गणित छन् दिन तेरा ! जिउस हे गर्वी, हे क्रोधान्ध !
(५३)
"सुन हे पर्वत, सुन नाला, सुन सागर,
ज्वालामुखी सुन, सुन हे धरा, आकाश !
मिथ्याको शासक स्वर्गको त्यो जिउस गिर्नेछ,
गिर्नेछ, गिर्नेछ, शतचर्ण ! सुन भविष्यवाणी !
भविष्यवाणी मेरो ! पुलकित भई सुन हे श्रोतृगण
सारा क्दरतका ! हे भीरु भीरु श्रोतृवर्ग ! तिमीहरू
सुन यत्ति ! यो टाइ्टान आट्मा-विजवी होला
एक वार ! एक वार अनन्त नीतिको उदार स्थितिमा
शिर्नेछ, गिरनेछ, गिर्नेछ त्यो क्रूर स्वर्गराज !
एक महागोप्य छ अश्रुत अझ ए गिरिवरहो !
एक महारहस्य ! अफ छैन त्यो उच्चारित जगमा !"
(५४)
यो टाइटान् आत्माको महाघोष पर्बतगूँजी
सगर्व उठ्यो, महावेदनाको गर्भबाट गभीर ।