Page:Prometheus.pdf/46: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१६)}} | |||
कलाहीन पशुनर अकमक्क प्रलयत्रस्त- | |||
तर्फ यति करुणाले अभिभूत प्रमियस | |||
ओर्ले अरिन-पर्वतबाट नाकको, उपकार-- | |||
प्रवत्त ! निर्भय थियो उनको प्रशान्त हृदय, | |||
असलको अमिट चेतले दु:ख-हाँका, प्रसन्न । | |||
एक निगालोको खोक्रो उदरमा अनलबीज | |||
डाली, चले ती भूतलतिर, चिन्ताशील, ओलिंदा, | |||
एक अकेला, बेमह्त, स्वकीय भावमार्गमा | |||
स्वयं अग्रसर, मानब महामित्र महादेव ! | |||
{{pcn|(१७)}} | |||
हुताशन, यही छ संसारको सारमय तत्व | |||
महत्त्वपूर्ण ! यो प्रकाशको पिता, अविशलेष्य ! | |||
यही अपोलो सूर्यदेवको दिव्य कलेवर, | |||
दागहीन, यही देवतनु, यही देवसार, | |||
यही जगच्चक्षुको शक्ति, यही जीवनदाता, | |||
सजन-पालन-प्रलयको यही छ कारण ! | |||
यही अमृत, यही मृत्यु यही आशा, त्रास यही, | |||
धवाँ-धोती शतजिह्व अनलदेवता व्यापक | |||
यही विश्वधार ! पर्वत-शिखरको साम्राज्यधार | |||
प्रात; साँझ, यही जगत् बनाउँछ अध्यृष्य, | |||
सर्व घर्म्मको मर्म्मको दागहरण यही, | |||
यही सती, शहीदको आहदार विलास ! | |||
यसले गरी जन्मी सभ्यता संसारमा । कबि | |||
यसले जाग्दछ, मुल्की हृदय ! यही भावना | |||
दिव्य, दिव्यको सृजन-राप ! यही महावीरको | |||
स्वसृष्ट धपधप आश्चर्यकार, हताशन ! | |||
स्वर्ग र पृथिवीबीचको सीमा यही, पावक ! | |||
{{pcn|(१८)}} | |||
रै अनल, सर्वभक्षी, विपिन-विध्वंसक तिमी ! | |||
तिम्रो प्रबल महाकोप ! कसले देख्यो तिम्रो | |||
उग्र नृत्य वन-खाश्चमा, जब ज्वालामुख तिमी | |||
उफ्री, उफ्री, नाची, नाची, चर्चर चबाउँछौ | |||
युग-युगका पैदाबारी, पत्र-दारु । स्बरूप ! | |||
अन्नको विशाल वन-भांडारमा तिम्रो देव ! | |||
जब महाभोजको हन्छ महोत्सव साह्रलाद ! | |||
हुरँ, हुर, मर्तका फूँक, फुँकमा भर्भराउँदा, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:51, 6 June 2025
(१६)
कलाहीन पशुनर अकमक्क प्रलयत्रस्त-
तर्फ यति करुणाले अभिभूत प्रमियस
ओर्ले अरिन-पर्वतबाट नाकको, उपकार--
प्रवत्त ! निर्भय थियो उनको प्रशान्त हृदय,
असलको अमिट चेतले दु:ख-हाँका, प्रसन्न ।
एक निगालोको खोक्रो उदरमा अनलबीज
डाली, चले ती भूतलतिर, चिन्ताशील, ओलिंदा,
एक अकेला, बेमह्त, स्वकीय भावमार्गमा
स्वयं अग्रसर, मानब महामित्र महादेव !
(१७)
हुताशन, यही छ संसारको सारमय तत्व
महत्त्वपूर्ण ! यो प्रकाशको पिता, अविशलेष्य !
यही अपोलो सूर्यदेवको दिव्य कलेवर,
दागहीन, यही देवतनु, यही देवसार,
यही जगच्चक्षुको शक्ति, यही जीवनदाता,
सजन-पालन-प्रलयको यही छ कारण !
यही अमृत, यही मृत्यु यही आशा, त्रास यही,
धवाँ-धोती शतजिह्व अनलदेवता व्यापक
यही विश्वधार ! पर्वत-शिखरको साम्राज्यधार
प्रात; साँझ, यही जगत् बनाउँछ अध्यृष्य,
सर्व घर्म्मको मर्म्मको दागहरण यही,
यही सती, शहीदको आहदार विलास !
यसले गरी जन्मी सभ्यता संसारमा । कबि
यसले जाग्दछ, मुल्की हृदय ! यही भावना
दिव्य, दिव्यको सृजन-राप ! यही महावीरको
स्वसृष्ट धपधप आश्चर्यकार, हताशन !
स्वर्ग र पृथिवीबीचको सीमा यही, पावक !
(१८)
रै अनल, सर्वभक्षी, विपिन-विध्वंसक तिमी !
तिम्रो प्रबल महाकोप ! कसले देख्यो तिम्रो
उग्र नृत्य वन-खाश्चमा, जब ज्वालामुख तिमी
उफ्री, उफ्री, नाची, नाची, चर्चर चबाउँछौ
युग-युगका पैदाबारी, पत्र-दारु । स्बरूप !
अन्नको विशाल वन-भांडारमा तिम्रो देव !
जब महाभोजको हन्छ महोत्सव साह्रलाद !
हुरँ, हुर, मर्तका फूँक, फुँकमा भर्भराउँदा,