Jump to content

Page:Shakuntala.pdf/323: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आत्मालाइ अतीव त्यै वशा न हो जो प्रेमको पीर हो ।
आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो ।
::त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
::त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
Line 7: Line 7:
{{pcn|(४१)}}
{{pcn|(४१)}}


होलिनु आज आज हँदी कतै वनकना प्यारी कठै सुन्दरी ।
होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी ।
::गद छिपाइ पड्ख दुद्ले लोट्दा अनोला चरी ॥
::बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥
जीडा ढुक्क्रले करुर गरिँदा ब्यूँझेर झन्‌ सम्झना ।
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन्‌ सम्झना ।
::होलिन्‌ बादल झै लिँदो चुहिनको व्यापी अँघ्यारोपना
::होलिन्‌ बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना
{{pcn|(४२)}}
{{pcn|(४२)}}


वर्षाकी बहिनी बनेर बनमा सारा रुलाई मुना ।
वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना ।
::नर्‌्बर्‌नर्‌ दुखिनी तिनी प्रकृतिमा होलिन्‌ रँदी सम्झना ॥
::बर्‌बर्‌बर्‌ दुखिनी तिनी प्रकृतिमा होलिन्‌ रुँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान्‌ बरा ।
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान्‌ बरा ।
::काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
::काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


त्यस्तो चोट परेन आँघिहरुमा त्यस्ता कडा भाषण ।
त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण ।
::एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
::एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन्‌ यो चोट केमा पस्यो ?
सावित्री पनि मूर्छिता हुन गइन्‌ यो चोट केमा पर्‍यो ?
::हा ! हा ! ती मृद्लाङ्गिनी वनपरी भै बज्ज चड्दकी गयो ॥
::हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


बाटो चट्ट बिराउँदी वनविषे मानी कनै बालिका ।
बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका ।
::मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिँदा
::मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुकढुकी
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी
::भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
::भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
{{pcn|(४५)}}
{{pcn|(४५)}}


कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
::भन्ने भाव गरी नुझी कसुम नै काँढाहरूमा घर ॥
::भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन्‌ या सुन्दरी योगिनी ।
गेरू भस्म लगाउँदी हुन गइन्‌ या सुन्दरी योगिनी ।
::ठूजछो चोट परी घृणा हुन गइन्‌ या दिव्य ती मोहिनी ॥ ?
::ठूलो चोट परी घृणा हुन गइन्‌ या दिव्य ती मोहिनी ॥"
{{pcn|(४६)}}
{{pcn|(४६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:50, 30 May 2025

This page has been proofread

आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो ।
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥
(४१)

होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी ।
बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन्‌ सम्झना ।
होलिन्‌ बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना ॥
(४२)

वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना ।
बर्‌बर्‌बर्‌ दुखिनी तिनी प्रकृतिमा होलिन्‌ रुँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान्‌ बरा ।
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
(४३)

त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण ।
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन्‌ यो चोट केमा पर्‍यो ?
हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥
(४४)

बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका ।
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा ॥
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी ।
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
(४५)

कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन्‌ या सुन्दरी योगिनी ।
ठूलो चोट परी घृणा हुन गइन्‌ या दिव्य ती मोहिनी ॥"
(४६)