Page:Shakuntala.pdf/352: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जहाँ | जहाँ सौन्दर्यैको मृदुलपन नै जीवन थियो । | ||
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥ | ::त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥ | ||
{{pcn|(१७४)}} | {{pcn|(१७४)}} | ||
टिपेका हाँगामा | टिपेका हाँगामा कुसुम कलिला हातहरुले । | ||
न देखिन्थे मृदुलदल ज्यादै लघु भई ॥ | ::न देखिन्थे चोटै मृदुलदल ज्यादै लघु भई ॥ | ||
त्यहाँ लागीहाल्थे | त्यहाँ लागीहाल्थे त्वरित रसिला कुड्मलहरू । | ||
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥ | ::हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥ | ||
{{pcn|(१७५)}} | {{pcn|(१७५)}} | ||
कतै बास्नाका छन् लहर रँगमा | कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने । | ||
कतै ज्वाला | ::कतै ज्वाला बल्छन् झिलमिल बनी फूल रँगिने ॥ | ||
यता | यता यारिन् फुल्छन् सुरयुवतिका बोटहरुमा । | ||
उता बोली फुल्छन् | ::उता बोली फुल्छन् मृदु कुसुमका ओठहरुमा ॥ | ||
{{pcn|(१७६)}} | {{pcn|(१७६)}} | ||
त्यहाँ चिल्ला चिल्ला सतह हरिया | त्यहाँ चिल्ला चिल्ला सतह हरिया पुष्प तरुका । | ||
हरा हाँगामा छन् विविध चिडिया | ::हरा हाँगामा छन् विविध चिडिया पुष्पसरिका ॥ | ||
भुवा राम्रा | भुवा राम्रा रङ्गी कलकल गरी कुञ्ज महिमा । | ||
सदा गाई | ::सदा गाई बस्ने मधुर स्वरका नृत्यहरुमा ॥ | ||
{{pcn|(१७७)}} | {{pcn|(१७७)}} | ||
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको । | उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको । | ||
::भुवाका देखाई नजर लिइ राम्रा टलकका । ॥ | |||
बनाई चूँचूँले पवनकन आह्लादित सब । | |||
उडेका फूलै | ::उडेका फूलै झैं विहगहरुू बोल्थे नव नव ॥ | ||
{{pcn|(१७८)}} | {{pcn|(१७८)}} | ||
त्यहाँका पन्छीको | त्यहाँका पन्छीको गरिसकिनु के वर्णन छ र ? | ||
उज्याला स्वप्ना | ::उज्याला स्वप्ना झैं चिरबिर गरी आठ प्रहर ॥ | ||
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा । | सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा । | ||
::कुरा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥ | |||
{{pcn|(१७९)}} | {{pcn|(१७९)}} | ||
भए बेला | भए बेला सुत्ने कुसुमहरुका पत्रहरुले । | ||
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥ | ::सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥ | ||
सुतेका हन्छन् ती मधुर सपनामा | सुतेका हन्छन् ती मधुर सपनामा कुसुम झैं । | ||
::स्वतन्त्रानन्दी भै निशि पनि नभै स्वर्गतिर ता ॥ | |||
{{pcn|(१८०)}} | {{pcn|(१८०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:49, 31 May 2025
जहाँ सौन्दर्यैको मृदुलपन नै जीवन थियो ।
त्यहाँ ती राजाको हृदय अलि आनन्दित भयो ॥
(१७४)
टिपेका हाँगामा कुसुम कलिला हातहरुले ।
न देखिन्थे चोटै मृदुलदल ज्यादै लघु भई ॥
त्यहाँ लागीहाल्थे त्वरित रसिला कुड्मलहरू ।
हजारौं पत्तीका तहहरु लुकी गोलघरमा ॥
(१७५)
कतै बास्नाका छन् लहर रँगमा रम्रम हुने ।
कतै ज्वाला बल्छन् झिलमिल बनी फूल रँगिने ॥
यता यारिन् फुल्छन् सुरयुवतिका बोटहरुमा ।
उता बोली फुल्छन् मृदु कुसुमका ओठहरुमा ॥
(१७६)
त्यहाँ चिल्ला चिल्ला सतह हरिया पुष्प तरुका ।
हरा हाँगामा छन् विविध चिडिया पुष्पसरिका ॥
भुवा राम्रा रङ्गी कलकल गरी कुञ्ज महिमा ।
सदा गाई बस्ने मधुर स्वरका नृत्यहरुमा ॥
(१७७)
उडी जाँदा ढल्की मधुर गतिले रङ्ग तलको ।
भुवाका देखाई नजर लिइ राम्रा टलकका । ॥
बनाई चूँचूँले पवनकन आह्लादित सब ।
उडेका फूलै झैं विहगहरुू बोल्थे नव नव ॥
(१७८)
त्यहाँका पन्छीको गरिसकिनु के वर्णन छ र ?
उज्याला स्वप्ना झैं चिरबिर गरी आठ प्रहर ॥
सबै छन् जूनेली स्वर मुख लिई चन्द्रसँगमा ।
कुरा गर्दा मीठा हृदयकन पोखेर रँगमा ॥
(१७९)
भए बेला सुत्ने कुसुमहरुका पत्रहरुले ।
सजाएका राम्रा नरम गुँडमा मस्त सुखले ॥
सुतेका हन्छन् ती मधुर सपनामा कुसुम झैं ।
स्वतन्त्रानन्दी भै निशि पनि नभै स्वर्गतिर ता ॥
(१८०)