Jump to content

Page:Shakuntala.pdf/329: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"निक्कै चर्को हुनाले शिर अलि गरुँगो बन्न लाग्यो मलाई ।
"निक्कै चर्को हुनाले शिर अलि गर्‍हुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
::केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन्‌ "जससँग पहिले गर्वले हुन्छ बात ।
भन्दा हाँसेर भन्छन्‌ "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हन्छ जात ॥"
::त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥"
{{pcn|(१७)}}
{{pcn|(१७)}}

"जो जो छन्‌ रात्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाध
"जो जो छन्‌ शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ
तापी हुन्छन्‌ प्रयोगी 'हृदनल' जब यो हन्छ आग्नेय जान ॥
::तापी हुन्छन्‌ प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥
आफैलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
::यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
{{pcn|(१८)}}
{{pcn|(१८)}}

भन्दा झक्छन्‌ बुझेका स्रवर शिरले "शस्त्र ! माम्छु क्षमा म ।
भन्दा झुक्छन्‌ बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।"
भन्दै जोडेर दोटै कर नरम बनी ""भूपको हँ म भक्त ॥
::भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥"
ठण्डा भो ताप भाग्यौ रमरम मनको माफिकै मस्त पारी ।
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी ।
"प्यारा मेरा सुहृद्‌ हौ' सरि 'ढृदनल' ले दिन्छ सन्देश भारी ॥
::'प्यारा मेरा सुहृद्‌ हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥
{{pcn|(१९)}}
{{pcn|(१९)}}

चढ्दै चढ्दै गयो त्यो सुरपुरपयमा उच्च भै शीघ्र यान ।
चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान ।
पैहले हस्सू छिचोली जललवहरुको जाल झै शीघ शीघ
::पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र
नाटो केही निलायो छिनभर परको व्योम नन्दा अदृश्य ।
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कृद्दरा बीचमा खात खात ॥
::डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥
{{pcn|(२०)}}
{{pcn|(२०)}}

चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपदसिमान
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान
सेतो इन्द्रैनि पर्दो तहतह कद्टरोमाथि उक्लेर यान ॥
::सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छौडेर माया तहतह ढकनी छेड्न बन्दो सिपाल्‌
::बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु
{{pcn|(२१)}}
{{pcn|(२१)}}

घप्धपघप्‌ घप्कंदा छन्‌ रविगगन सफा नीरमा झन्‌ उज्याला ।
घप्धप्धप्‌ घप्कँदा छन्‌ रविगगन सफा नीरमा झन्‌ उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
::मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर ततन्त्री झनन्न ।
मानो आफ्ना उज्याला किरणहरु बजाएर तन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
::बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 13:36, 30 May 2025

This page has been proofread

"निक्कै चर्को हुनाले शिर अलि गर्‍हुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन्‌ "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥"
(१७)

"जो जो छन्‌ शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ ।
तापी हुन्छन्‌ प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)

भन्दा झुक्छन्‌ बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।"
भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥"
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी ।
'प्यारा मेरा सुहृद्‌ हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)

चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान ।
पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र ॥
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥
(२०)

चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान ।
सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु ॥
(२१)

(२२)