Page:Shakuntala.pdf/308: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दया केही लाग्यो तर | दया केही लाग्यो तर हृदयले यो छल भन्यो । | ||
:: | ::बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥ | ||
'यिनी यौटी कोही विपिनदुहिता | 'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट । | ||
::परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट | ::परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ॥ | ||
{{pcn|(१८६)}} | {{pcn|(१८६)}} | ||
विधाताको लीला तर | विधाताको लीला तर अब म के गर्न सकुँला ? | ||
::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै | ::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ? | ||
यिनी | यिनी रुन्छिन् धर्धर् तर जगत नै आँसु छ सदा । | ||
::दिई पैसा केही यिनकन | ::दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥' | ||
{{pcn|(१८७)}} | {{pcn|(१८७)}} | ||
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा । | भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा । | ||
:: | ::कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥ | ||
दिई ठूलो | दिई ठूलो धोका पर जब भयो क्रूरहृदय । | ||
::तिमी सोझी ठान्थ्यौ मकन पति | ::तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥ | ||
{{pcn|(१८८)}} | {{pcn|(१८८)}} | ||
छकायो होला हा ! हृदय अन सम्झीकन भन । | छकायो होला हा ! हृदय अन सम्झीकन भन । | ||
::म तिम्रो स्वामी | ::म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥ | ||
म अर्कै सच्चा | म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो । | ||
::बिचारी सीधीको विरह र विजोगै हुन | ::बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥ | ||
{{pcn|(१८९)}} | {{pcn|(१८९)}} | ||
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन । | तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन । | ||
::सधैं सम्झी स्वामी | ::सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥ | ||
बसे पूजाआजासित अब गई मन्दिरतिर । | |||
::दिएँ | ::दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥" | ||
{{pcn|(१९०)}} | {{pcn|(१९०)}} | ||
भनेको सुन्दा ती विरह रह | भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी । | ||
::पुकारा गर्छिन् "हा ! धन-पयरको | ::पुकारा गर्छिन् "हा ! धन-पयरको पांशु छ हरि ॥ | ||
थियो जो मेरो यो रतन रवि जस्तो | थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी । | ||
::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥ | ::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥ | ||
रुँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी । | |||
:: | ::धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥ | ||
{{pcn|(१९१)}} | {{pcn|(१९१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:47, 28 May 2025
दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
परे जस्ती छन् हा विकट दुःख अन्यायनिकट ॥
(१८६)
विधाताको लीला तर अब म के गर्न सकुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन् धर्धर् तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
(१८७)
भनी सोची भन्छन् "छल हुन गयो घोर वनमा ।
कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
(१८८)
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
(१८९)
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)
भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
पुकारा गर्छिन् "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन् मोतीहरु नयनका बर्बर गरी ।
धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)