Page:Shakuntala.pdf/303: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
नाकै काटी मअघि यसरी आउनै लाज छैन ? | नाकै काटी मअघि यसरी आउनै लाज छैन ? | ||
::मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥ | ::मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥ | ||
को हो को हो | को हो को हो कुन पुरुष हो के लिई नाम मेरो । | ||
::धौका | ::धौका पार्यो युवति यसरी त्यो ठगीले चमेरो ॥" | ||
{{pcn|(१६१)}} | {{pcn|(१६१)}} | ||
आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली । | आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली । | ||
::भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥ | ::भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥ | ||
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली । | |||
::जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥ | ::जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥ | ||
{{pcn|(१६२)}} | {{pcn|(१६२)}} | ||
टाली झुत्रो | टाली झुत्रो यश जगतको त्रासले मर्म फाली । | ||
::हाली यौटीकन | ::हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥ | ||
जाली | जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली । | ||
::यस्ताको कीर्ति | ::यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥ | ||
{{pcn|(१६३)}} | {{pcn|(१६३)}} | ||
Line 22: | Line 22: | ||
::टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥ | ::टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥ | ||
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश । | आफैं केही विषयहरुमा देउ छोडी प्रकाश । | ||
:: | ::झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥" | ||
{{pcn|(१६४)}} | {{pcn|(१६४)}} | ||
बोलिन् सरेर | बोलिन् सरेर अघि सुन्दर मिष्ट वाणी । | ||
:: | ::दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥ | ||
केही प्रयत्नसित भाषण पाउँदी ती । | केही प्रयत्नसित भाषण पाउँदी ती । | ||
::वर्षाउँदी | ::वर्षाउँदी दृग मनोहर चारुताले ॥ | ||
{{pcn|(१६५)}} | {{pcn|(१६५)}} | ||
के के भनूँसरि भयो अघिबाट फेरि । | के के भनूँसरि भयो अघिबाट फेरि । | ||
::चाँडै समालिन | ::चाँडै समालिन गइन् अझ आश गर्दी ॥ | ||
हेरेर नेत्र दुइमा नृपको पुकारा । | हेरेर नेत्र दुइमा नृपको पुकारा । | ||
::गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥ | ::गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥ |
Latest revision as of 22:16, 28 May 2025
नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कुन पुरुष हो के लिई नाम मेरो ।
धौका पार्यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
(१६१)
आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली ।
जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥
(१६२)
टाली झुत्रो यश जगतको त्रासले मर्म फाली ।
हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥
जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली ।
यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥
(१६३)
भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥"
(१६४)
बोलिन् सरेर अघि सुन्दर मिष्ट वाणी ।
दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
वर्षाउँदी दृग मनोहर चारुताले ॥
(१६५)
के के भनूँसरि भयो अघिबाट फेरि ।
चाँडै समालिन गइन् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥
(१६६)