Page:Shakuntala.pdf/302: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पन्छीहरू सखि बनेर ' | पन्छीहरू सखि बनेर 'शकुन्तला' जो । | ||
::जाहेर नै छ प्रभुमा | ::जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥ | ||
के बिन्ति फेरि प्रभुमा म झिँझो | के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।" | ||
{{pcn|(१५५)}} | {{pcn|(१५५)}} | ||
सुन्दा यस्ता वचन | सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि । | ||
:: | ::बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥ | ||
"यो के ठूलो छल सब मिली गर्दछन् | "यो के ठूलो छल सब मिली गर्दछन् रे मलाई ।" | ||
::भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥ | ::भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥ | ||
{{pcn|(१५६)}} | {{pcn|(१५६)}} | ||
"बिक्री गर्ने मन यदि भए आज | "बिक्री गर्ने मन यदि भए आज जाऊ बजार । | ||
::यस्तो झूटो विषय ठगले किन्न | ::यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥ | ||
कस्ता उल्का समय | कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र । | ||
::झूटो सारा छल अब | ::झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥ | ||
{{pcn|(१५७)}} | {{pcn|(१५७)}} | ||
आफ्नो कोखो | आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ । | ||
::मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥ | ::मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥ | ||
भेटै हाम्रो | भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन । | ||
::को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥ | ::को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥ | ||
{{pcn|(१५८)}} | {{pcn|(१५८)}} | ||
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें । | मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें । | ||
::भेटी काहीं न | ::भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥ | ||
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ? | झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ? | ||
::को भन्ठान्यौ मकन जसले | ::को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥ | ||
{{pcn|(१५९)}} | {{pcn|(१५९)}} | ||
आमै ! छोरीकन | आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो । | ||
:: | ::झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ? | ||
कस्तो | कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला । | ||
:: | ::जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥ | ||
{{pcn|(१६०)}} | {{pcn|(१६०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:12, 28 May 2025
पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
(१५५)
सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन् रे मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥
(१५६)
"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
(१५७)
आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें ।
भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
(१५९)
आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)