Page:Shakuntala.pdf/281: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पैह्लो रोमाञ्च | पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग । | ||
::आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥ | ::आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥ | ||
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई । | आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई । | ||
Line 7: | Line 7: | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
केही काँपी | केही काँपी अधर अरुले थाह केही नपाई । | ||
::चीसो गाँठो | ::चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥ | ||
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली । | फर्की छीटा शरम दृगको रोक्न केही सँभाली । | ||
::पर्खिन्छिन् ती भ्रमरतिर नै | ::पर्खिन्छिन् ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
Line 16: | Line 16: | ||
::चम्की आए दृग उछलियो आसको बैँस छाती ॥ | ::चम्की आए दृग उछलियो आसको बैँस छाती ॥ | ||
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले । | राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले । | ||
::वास्ना जस्तो लहर वनकी जिन्दगी | ::वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
फूलै फूलेसरि पयरले चारु चाला चलेर । | फूलै फूलेसरि पयरले चारु चाला चलेर । | ||
:: | ::कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥ | ||
श्री | श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं । | ||
:: | ::ऊँचा बन्छिन् मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि । | जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि । | ||
::रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥ | ::रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥ | ||
स्वर्गै उक्लेसरि युवति छन् खालि | स्वर्गै उक्लेसरि युवति छन् खालि थूँगासमान । | ||
::सोपानै भै कुसुम पथ | ::सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला । | |||
::हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥" | ::हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥" | ||
के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई । | के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई । | ||
::बिर्सन्थे | ::बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥ | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:22, 27 May 2025
पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग ।
आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
बोली बिर्सी डरसित भनिन् "बिर्सिए की मलाई ॥"
(४१)
केही काँपी अधर अरुले थाह केही नपाई ।
चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
पर्खिन्छिन् ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥
(४२)
आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥
(४३)
फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं ।
ऊँचा बन्छिन् मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
(४४)
जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन् खालि थूँगासमान ।
सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥
(४५)
बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥
(४६)