Page:Lalitya bhag 1 ra 2.pdf/229: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
नीलाऽऽकाशै विशद चँदुवा, तारका छन् सितारा | नीलाऽऽकाशै विशद चँदुवा, तारका छन् सितारा | ||
::शय्या पृथ्वी, अतुल तकिया शैलमाला छ सार | ::शय्या पृथ्वी, अतुल तकिया शैलमाला छ सार । | ||
लेटिन् उस्मा प्रकृति तमको च्यादरु सर्र तानी | लेटिन् उस्मा प्रकृति तमको च्यादरु सर्र तानी | ||
::अर्कै निस्क्यो मलिनवदना यामिनीको कहानी ॥ | ::अर्कै निस्क्यो मलिनवदना यामिनीको कहानी ॥ |
Latest revision as of 19:18, 18 May 2025
This page has not been proofread
कविको उन्निद्रता
(१)
नीलाऽऽकाशै विशद चँदुवा, तारका छन् सितारा
शय्या पृथ्वी, अतुल तकिया शैलमाला छ सार ।
लेटिन् उस्मा प्रकृति तमको च्यादरु सर्र तानी
अर्कै निस्क्यो मलिनवदना यामिनीको कहानी ॥
(२)
शब्दग्राही श्रवण कुँजियो, खुम्चियो स्पर्शशक्ति
स्वाँफ्वाँ मात्रै जिनतिन रह्यो घ्राणमा प्राणभक्ति ।
लोटीलोटी चपल रसना, दृष्टि अर्कै किनारा
लाग्यो, दैवी चटक-सुखमा मुग्ध भो विश्व सारा ॥
(३)
देख्ने सुन्ने विषय लय भो, शून्यता सर्सरायो
तेरो मेरो तँ तँ र म म-को ग्याँस पीरो हरायो ।
निद्राद्वारा घननन बज्यो मोह-वंशी विचित्र
जस्ले अर्कै विकसित गर्यो स्वप्न-संसार-चित्र ॥