Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/234: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(२०)}}
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो  ?
::कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ?
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार
::उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥


{{pcn|(२१)}}
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को
::धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को ।
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु
::बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥
{{pcn|(२२)}}
आँसू बग्छन्‌ चटचट गरी तानमा तन्तु टुट्छन्‌
::आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन्‌ ।
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा
::कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥
{{pcn|(२३)}}
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन्‌
::उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन्‌ ।
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार
::अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:40, 18 May 2025

This page has not been proofread

(२०)
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो  ?
कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ?
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार
उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥

(२१)
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को
धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को ।
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु
बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥

(२२)
आँसू बग्छन्‌ चटचट गरी तानमा तन्तु टुट्छन्‌
आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन्‌ ।
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा
कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥

(२३)
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन्‌
उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन्‌ ।
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार
अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥