Page:Lalitya bhag 1 ra 2.pdf/96: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 17:24, 24 June 2025
This page has been proofread
(३२)
विचार चारैतिरबाट बात
बताउ छोडीकन पक्षपात ।
यथार्थमा यो धनदेखि अन्त
कहाँ छ माया, ममता दुरन्त ॥
(३३)
अधीन-वर्ती धनकल्पवृक्ष
खडा परे (डे)को छ भने समक्ष ।
समस्त सांसारिक वस्तु-जात
यथेच्छ मिल्छन् सब हात हात ॥
(३४)
[1]धनाऽभिधा कल्पलता चढाई
शिंगार यो जीवन-वृक्षलाई ।
यसो भएदेखि विना-प्रयास
बहन्छ साऽऽनन्द सदा सुवास ॥
- ↑ (यो कविता ने.भा.प्र. समितिको सुरुमा तेस्रो श्रेणीमा पढ्ने
बालकका निमित्त लेखिएको हो । -लेखक)