Jump to content

Page:Laxmi nibandhasangraha.pdf/197: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरा..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई
भोजनभट्ट हुनु हुन्थ्यो; र केही पात्रहरु बटुलेर जीवनरुपी जुवालाई
उतसाहपूर्वक अध्ययन गर्नु हुन्थ्यो । कहिले संस्कृत श्लोकहरु र कहिले
नेपाली श्लोकहरु बराबर निक्लन्थे । जुवाको चेहरामा साहित्यको रङ
पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जुवाको एउटा दुनियाँ नै बनिसकेको
थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो
नाटकमा उहाँले जुवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर
भावहरु मामुली शब्दद्वारा झल्काउनु भएको छ, त्यस्तै उहाँले जुवा
खेल्दा जुवाभित्र अर्कै औपन्यासिकता देखिंदो हो ।


उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले
मलाई जुवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्न यसमा  
नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरामा साहित्यको रङ
प्रशस्त मौका देख्दछु । कोही मानिसहरु यसलाई जीवनको पेशा नै  
 
बनाउँछन् ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र  
पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जूवाको एउटा दुनियाँ नै बनिसकेको
कौडीको रखाइमा अभ्यास गर्दै जुवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरु
थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो
आशावादीको श्रेणीमा रहन्छन् । तर असम्भव भनेको केही रहेनछ ।  
 
कोही–कोही यस्ता छन् कि कौडी र हात घोटी–घोटी अभ्यस्त हुँदा–हुँदा
नाटकमा उहाँले जूवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर
चैपट चौका, बागपञ्जा, छट्टु छक्का र तेजी तीया बनेका हुन्छन् ।  
 
धेरैजसो जुवा यिनीहरु हार्दैनन् र अक्किल गरेर जुवाबाट केही–न–केही
भावहरू मामूली शब्दद्वारा झल्काउनुभएको छ, त्यस्तै उहाँले जूवा
लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन् यिनीहरुको सिको सिक्नेहरु अनेक  
 
किसिमका ढङ्ग देखाउँछन्, कोही जमिन र हातको अन्तर कुरेतले नापेर  
खेल्दा जूवाभित्र अर्कै औपन्यासिकता देखिँदो हो ।
कौडी छोड्छन् । कोही कौडी मुठी पार्नको कला देखाउँछन् । पेशादार  
 
जुवाडेहरु सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन् भन्ने कुरामा  
मलाई जूवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्ने यसमा
कोही–कोहीलाई आश्चर्य लाग्दछ तर तिनीहरुलाई कौडी नै एउटा  
 
किताप छ जो तिनीहरु हरहमेशा अध्ययन गरिरहेछन् । रासायनिक  
प्रशस्त मौका देख्दछ । कोही मानिसहरू यसलाई जीवनको पेशा नै
तराजुको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरु आफ्नो  
 
फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्; हातको छालाले हरेक  
बनाउँछन्‌ ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन
कौडीको मुटुका प्रवृत्तिहरु छामेर सम्भावनाको तौल लिन्छ र यस बेला  
 
यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सूक्ष्मितसूक्ष्म
विज्ञान उनीहरु नै बुझ्दछन्, जो कौडीलाई जीवन समर्पण गर्दछन् ।  
 
नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्; तर मानिसको कलपुर्जामा
कौडीको रखाइरमा अभ्यास गर्दै जूवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरू
हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ–ठाउँमा बिग्रिन्छ  
 
र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन ।  
आशावादीको श्रेणीमा रहन्छन्‌ । तर असम्भव भनेको केही रहेनछ ।
तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अक्किल जुवा-
 
कोही-कोही यस्ता छन्‌ कि कौडी र हात घोटी-घोटी अभ्यस्त हँदा-हँदा
चौपट चौका, बागपञ्जा, छददू छक्का र तेजी तीया बनेका हुन्छन्‌
धेरैजसो जूवा यिनीहरू हार्दैनन्‌ र अक्किल गरेर जूवाबाट केही-न-केही
लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन्‌ यिनीहरूको सिको सिक्नेहरू अनेक
किसिमका ढङ्ग देखाउँछन्‌, कोही जमीन र हातको अन्तर क्रेतले नापेर
 
कौडी छोडछन्‌ । कोही कौडी मुठी पार्नको कला देखाउँछन्‌ । पेशादार
 
जुवाडेहरू सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन्‌ भन्ने कुरामा
कोही-कोहीलाई
 
आश्चर्य लाग्दछ, तर तिनीहरूलाई कौडी नै एउटा
 
किताप छ जो तिनीहरू हरहमेशा अध्ययन गरिरहेछन्‌ । रासायनिक
तराजूको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरू आफ्नो
फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्‌; हातको छालाले हरेक
 
कौडीको मुटुका प्रवृत्तिहरू छामेर सम्भावनाको तौल लिन्छ र यस बेला
यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सृक्ष्मातिसूक्ष्म
विज्ञान उनीहरू नै बुभ्दछन, जो कौडीलाई जीवनसमर्पण गर्दछन्‌
नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्‌; तर मानिसको कतपुर्जामा
हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ-ठाउँमा बिग्रिन्छ
र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन ।
तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अम्किल जूवा१५५८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 10:42, 21 June 2025

This page has not been proofread

भोजनभट्ट हुनु हुन्थ्यो; र केही पात्रहरु बटुलेर जीवनरुपी जुवालाई उतसाहपूर्वक अध्ययन गर्नु हुन्थ्यो । कहिले संस्कृत श्लोकहरु र कहिले नेपाली श्लोकहरु बराबर निक्लन्थे । जुवाको चेहरामा साहित्यको रङ पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जुवाको एउटा दुनियाँ नै बनिसकेको थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो नाटकमा उहाँले जुवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर भावहरु मामुली शब्दद्वारा झल्काउनु भएको छ, त्यस्तै उहाँले जुवा खेल्दा जुवाभित्र अर्कै औपन्यासिकता देखिंदो हो ।

मलाई जुवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्न यसमा प्रशस्त मौका देख्दछु । कोही मानिसहरु यसलाई जीवनको पेशा नै बनाउँछन् ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र कौडीको रखाइमा अभ्यास गर्दै जुवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरु आशावादीको श्रेणीमा रहन्छन् । तर असम्भव भनेको केही रहेनछ । कोही–कोही यस्ता छन् कि कौडी र हात घोटी–घोटी अभ्यस्त हुँदा–हुँदा चैपट चौका, बागपञ्जा, छट्टु छक्का र तेजी तीया बनेका हुन्छन् । धेरैजसो जुवा यिनीहरु हार्दैनन् र अक्किल गरेर जुवाबाट केही–न–केही लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन् । यिनीहरुको सिको सिक्नेहरु अनेक किसिमका ढङ्ग देखाउँछन्, कोही जमिन र हातको अन्तर कुरेतले नापेर कौडी छोड्छन् । कोही कौडी मुठी पार्नको कला देखाउँछन् । पेशादार जुवाडेहरु सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन् भन्ने कुरामा कोही–कोहीलाई आश्चर्य लाग्दछ तर तिनीहरुलाई कौडी नै एउटा किताप छ जो तिनीहरु हरहमेशा अध्ययन गरिरहेछन् । रासायनिक तराजुको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरु आफ्नो फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्; हातको छालाले हरेक कौडीको मुटुका प्रवृत्तिहरु छामेर सम्भावनाको तौल लिन्छ र यस बेला यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सूक्ष्मितसूक्ष्म विज्ञान उनीहरु नै बुझ्दछन्, जो कौडीलाई जीवन समर्पण गर्दछन् । नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्; तर मानिसको कलपुर्जामा हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ–ठाउँमा बिग्रिन्छ र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन । तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अक्किल र जुवा-