Jump to content

Page:Laxmi nibandhasangraha.pdf/179: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "शिक्षा हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख बनाइरहेछ । लादिनु र नाकडोरी लगाइमाग्नु नै शिक्षाको मुख्य लक्षण देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शिक्षा
{{x-larger|'''शिक्षा'''}}
हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख


बनाइरहेछ । लादिनु र नाकडोरी लगाइमाग्नु नै शिक्षाको मुख्य लक्षण
देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान्‌ बने । अक्षरको
कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन्‌ भन्ने
हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्याय एउटा महात्मा
छ भन्दछन्‌। अंग्रेजीले रक्गिने चश्मा लगाएर ज्यादाजसो संस्कृतले सुषुप्तिको
अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ
परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिँदैन । विद्यालयहरू यन्त्र
बनाउने कारखाना छन्‌ । समाजको ऐठन परेको शिक्षामा मानबबुद्धिले
हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरू धोत्रिएका आवाजका भ्यागुता


छन्‌ । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालीम भनिन्छ । बालुवादार
हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख
 
बनाइरहेछ । लादिनु र नाकडोरी लगाइ माग्नु नै शिक्षाको मुख्य लक्षण
बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार॒ आँखाले के देख्तछन्‌ ?
देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको
सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट
कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने
 
हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्यय एउटा महात्मा
तिलस्मी जादू गुमाउनु बालशिक्षाको ध्येय हो । प्राकृतिक विकास नपाएका
छ भन्दछन् । अङ्ग्रेजीले रङ्गिने चश्मा लगाएर ज्यादा जसो संस्कृतले सुषुप्तिको
 
अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ
रुगण कलपुर्जाहरूमा घिच्याइएका वाक्कलाग्दा पाठहरूको समूहलाई
परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिंदैन । विद्यालयहरु यन्त्र
 
बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानव बुद्धिले
हामीहरू किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी
हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरु धोत्रिएका आवाजका भ्यागुता
 
छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालिम भनिन्छ । बालुवादार  
हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचाररेखाहरू
बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार आँखाले के देख्तछन् ?  
 
सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट  
हावाका लहर झैं आफ्नो दिशा लेजन्‌ । म त आफ्नो रायले विकास
तिलस्मी जादु गुमाउनु बालशिक्षाका ध्येय हो । प्राकृतिक विकास नपाएका  
लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरू मूर्खता लाद्न
रुग्ण कलपुर्जाहरुमा घिच्याइएका वाक्कलाग्दा पाठहरुको समूहलाई  
 
हामीहरु किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी  
चाहन्छन्‌ र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन्‌
हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचार रेखाहरु
बेतको अत्याचारले राय लदाउने तानाशाहीहरू आफूलाई विद्वान्‌
हावाका लहर झैं आफ्नो दिशा लेऊन् । म त आफ्नो रायले विकास  
 
लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरु मूर्खता लाद्न  
सम्झन्छन्‌ । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो
चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् ।  
कवि र कलाकारहरू अदालतका अध्यक्षताभन्दा माथि पुग्न सकेका
बेतको अत्याचारले राय लदाउने तानाशाहीहरु आफूलाई विद्वान्
 
सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो  
छैनन्‌ । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा
कवि र कलाकारहरु अदालतको अध्यक्षताभन्दा माथि पुग्न सकेका  
१७०/लक्ष्मी निबन्ध-संग्रह
छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा

Latest revision as of 22:03, 20 June 2025

This page has not been proofread

शिक्षा


हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख बनाइरहेछ । लादिनु र नाकडोरी लगाइ माग्नु नै शिक्षाको मुख्य लक्षण देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्यय एउटा महात्मा छ भन्दछन् । अङ्ग्रेजीले रङ्गिने चश्मा लगाएर ज्यादा जसो संस्कृतले सुषुप्तिको अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिंदैन । विद्यालयहरु यन्त्र बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानव बुद्धिले हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरु धोत्रिएका आवाजका भ्यागुता छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालिम भनिन्छ । बालुवादार बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार आँखाले के देख्तछन् ? सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट तिलस्मी जादु गुमाउनु बालशिक्षाका ध्येय हो । प्राकृतिक विकास नपाएका रुग्ण कलपुर्जाहरुमा घिच्याइएका वाक्कलाग्दा पाठहरुको समूहलाई हामीहरु किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचार रेखाहरु हावाका लहर झैं आफ्नो दिशा लेऊन् । म त आफ्नो रायले विकास लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरु मूर्खता लाद्न चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् । बेतको अत्याचारले राय लदाउने तानाशाहीहरु आफूलाई विद्वान् सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो कवि र कलाकारहरु अदालतको अध्यक्षताभन्दा माथि पुग्न सकेका छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा