Page:Laxmi nibandhasangraha.pdf/124: Difference between revisions
→Not proofread: Created page with "विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा | विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा | ||
हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल | हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल | ||
दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा | दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा | ||
फ्याँकिदिन्छ । | फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : | ||
'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको | |||
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद | |||
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई | |||
चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो | चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो | ||
कृतज्ञताको उद्गार निकाल्छ र म त्यस | कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ | ||
घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका | घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका | ||
पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् | |||
भन्दै थिएँ अब थाहा पाएँ | भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन् हाँडीमा ।' | ||
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित | कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित | ||
गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का | गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का | ||
निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना | |||
निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना | |||
तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको | तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको | ||
घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू | घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू | ||
सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा | सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा | ||
मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको | मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको | ||
जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण | |||
जादूगरी | गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न- | ||
गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने | |||
भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका | भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका | ||
झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा | |||
अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा | |||
एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा | |||
अनिर्वचनीय | |||
एक्लो भलादमीलाई | |||
चोरले | |||
ठुन्क्याइरहेछ । दीपावलीको | |||
आनन्दमा | |||
जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् | जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् | ||
भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको | भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको | ||
धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर | धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर | ||
उही रात एउटा | उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको | ||
भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । | भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । | ||
फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले | फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले | ||
जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ । | जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ । | ||
Latest revision as of 14:09, 25 February 2025
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : 'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन् हाँडीमा ।'
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न- भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।