Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/86: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''शिक्षक र भिक्षुक'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} '''शिक्षक'''- (ढोकामा उभिएको भिक्षुतिर हेरी) त्यो को ? '''भिक्षुक'''- (नम्रतासित) भिक्षुक हूँ '''शिक्षक'''- (रुखो स्वरले) यहाँ किन पसिस्‌ ? '''भिक्षुक'''- (आश..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 14:38, 23 June 2025

This page has been proofread
शिक्षक र भिक्षुक

(१)
शिक्षक- (ढोकामा उभिएको भिक्षुतिर हेरी) त्यो को ?
भिक्षुक- (नम्रतासित) भिक्षुक हूँ
शिक्षक- (रुखो स्वरले) यहाँ किन पसिस्‌ ?
भिक्षुक- (आश्चर्यसित) भिक्षा कहाँ गै गरूँ  ?
शिक्षक- (मुख फेरी) त्यो मिल्दैन मबाट
भिक्षुक- (वक्र उक्तिले) मिल्छ अरु के ?
शिक्षक- (रहमीसित) शिक्षा लिई जा बरु
भिक्षुक- (ठाडो स्वरले) त्यो आफैँ लिनुहोस्‌ मबाट
शिक्षक- (तिरस्कार भावले) तँ पनी शिक्षा मलाई दिने ?
भिक्षुक- (निर्धक्कसँग) यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ

(२ )
शिक्षक- (अनपत्यारी सित) त्यो फोस्रो गफ हो
भिक्षुक- (भावगर्वित उक्तिले) कठै !! हजुरको चस्मा धमिलो किन ?