Page:Shakuntala.pdf/334: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी ! | |||
::बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥ | |||
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ । | |||
::वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥ | |||
{{pcn|(४७)}} | |||
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबुझ्दा । | |||
::तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥ | |||
देख्छन् ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया । | |||
::देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झैं साधुभित्र ॥ | |||
{{pcn|(४८)}} | |||
सारा आईरहेछन् घन निविड बनी गर्जिई घोर घोर । | |||
::थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥ | |||
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल । | |||
::डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥ | |||
{{pcn|(४९)}} | |||
हेरीबक्स्योस् उता ती गगनपथ झरे देवतासैन्य सारा । | |||
::तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥ | |||
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर । | |||
::बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥ | |||
{{pcn|(५०)}} | |||
झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला । | |||
::बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥ | |||
लगाएका माला सुर-युवतिका चारु करका । | |||
::रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥ | |||
{{pcn|(५१)}} | |||
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो । | |||
::बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥ | |||
छ लाएको यौटा नव सुन सुती रत्नजडित । | |||
::झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥ | |||
{{pcn|(५२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:15, 30 May 2025
ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबुझ्दा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन् ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
(४८)
सारा आईरहेछन् घन निविड बनी गर्जिई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)
हेरीबक्स्योस् उता ती गगनपथ झरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
(५०)
झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥
(५२)