Page:Laxmi nibandhasangraha.pdf/80: Difference between revisions
→Not proofread: Created page with "अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन् । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खु..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, | अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, | ||
फाँट-फाँटभरि कोदाली लिदै नाच्दै | फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रँदै जान्छन् । बैंसालु ठिटीहरू | ||
बीउका मूठा लिएर गानाका टुक्रा-टुक्रा मात्र केही खुला, केही लजिलो | |||
बीउका मूठा लिएर गानाका टुक्रा- | |||
चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै | चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै | ||
हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो | हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो | ||
सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । | सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । | ||
यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास | यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास | ||
पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार | पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार | ||
गवैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको | |||
खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार | खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार | ||
हन्छन्, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ । | हन्छन्, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ । | ||
कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका | कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका | ||
छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ | छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ | ||
दिलको पींधबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, | |||
दिलको | |||
खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्, हृदयका आवाजहरू हावामा | खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्, हृदयका आवाजहरू हावामा | ||
चक्कराइरहेछन्, पत्थरको छातीमा समेत | चक्कराइरहेछन्, पत्थरको छातीमा समेत टक्कराइरहेछन् । नेपालको | ||
टक्कराइरहेछन् । नेपालको | |||
हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराइरहेछन् । | हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराइरहेछन् । | ||
यो खुशियाली र यो आनन्दले, | यो खुशियाली र यो आनन्दले, प्रकृतिबाट पन्छिएर अलग रहन | ||
खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने | खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने | ||
चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि | चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि | ||
एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा पुरातन पुरुखाहरू | |||
एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा | |||
पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु | पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु | ||
केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक | केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक | ||
प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको | प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको | ||
पनि होला । | पनि होला । | ||
लिनु र दिनुको जिन्दगीबाट हामी केही | लिनु र दिनुको जिन्दगीबाट हामी केही फुर्सद लिन खोज्दछौं । | ||
आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ । | आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ । | ||
हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ | हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ | ||
Line 47: | Line 32: | ||
हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको | हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको | ||
आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको | आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको | ||
Latest revision as of 13:25, 15 February 2025
अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रँदै जान्छन् । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-टुक्रा मात्र केही खुला, केही लजिलो चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै हाँस्तछन् । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार गवैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार हन्छन्, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ । कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ दिलको पींधबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्, हृदयका आवाजहरू हावामा चक्कराइरहेछन्, पत्थरको छातीमा समेत टक्कराइरहेछन् । नेपालको हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्, लहराइरहेछन् ।
यो खुशियाली र यो आनन्दले, प्रकृतिबाट पन्छिएर अलग रहन खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा पुरातन पुरुखाहरू पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको पनि होला ।
लिनु र दिनुको जिन्दगीबाट हामी केही फुर्सद लिन खोज्दछौं । आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ । हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ चलिरहेछ । दूर रहे पनि हामी प्रकृतिका नातादार हौं । आजको खुशियालीमा हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको