Jump to content

Page:Laxmi nibandhasangraha.pdf/79: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आषाढको पन्ध नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आषाढको पन्ध
{{x-larger|'''आषाढको पन्ध्र'''}}
 
नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक
नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक
स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको
स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको
मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा
मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा
आनन्दको गुलाबी रङ्ग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हलुका
आनन्दको गुलाबी रङ्ग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हलुका
तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा
तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा
हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा
हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा
वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा
वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा
आज मधु तरंगहरू खेलिरहेछन्‌ । पुकारा सुनेर स्वर्गको प्रत्युत्तत आउँदा
आज मधु तरंगहरू खेलिरहेछन्‌। पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा
 
हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा
हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा
सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन्‌ । हामी सुनौला
सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन्‌ । हामी सुनौला
बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्‌,
बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्‌,
 
हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा
हृदयमा आनन्द र आकाक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा
उर्लंदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा
 
पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।
उलँदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा
पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध हो ।


कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस
कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस
Line 27: Line 22:
थपडीले बिहानको स्वागत गर्दछन्‌ । खेतीवाल पनि बिहानीपखको मीठो
थपडीले बिहानको स्वागत गर्दछन्‌ । खेतीवाल पनि बिहानीपखको मीठो
सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ ।
सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ ।
बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खसा ईमान्दार
बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार
हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन
हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन
नचाउँछ । बालकहरूकी आमाचाहिँ निर्दोष खुला चालले हाँसेर चमकदार
नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार
आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।
आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।
७०/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 13:18, 15 February 2025

This page has been proofread

आषाढको पन्ध्र

नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रङ्ग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हलुका तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा आज मधु तरंगहरू खेलिरहेछन्‌। पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन्‌ । हामी सुनौला बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्‌, हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा उर्लंदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।

कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस दिन अलग-अलग कुनामा खुम्चिएर रहेका झोपडीहरूलाई जीवनको जादूले छुन्छ । किसानको आँगनमा झिसमिसे बिहान भई वनस्पतिको देवदूतले आवाज दिन्छ । किसानका बालबच्चाहरू साना हातका खुशिला थपडीले बिहानको स्वागत गर्दछन्‌ । खेतीवाल पनि बिहानीपखको मीठो सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।