Page:Shakuntala.pdf/319: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो । | |||
::त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥ | |||
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | |||
::आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥ | |||
{{pcn|(१७)}} | |||
"केले विस्मृति भो मलाइ यसरी केको पर्यो बादल ? | |||
::केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥ | |||
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन । | |||
::पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन ! | |||
{{pcn|(१८)}} | |||
हा ! हा ! दैव बनाउँछस् तँ सपना जस्तो त्यसै जीवन । | |||
::ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥ | |||
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | |||
::यी राम्री मृदुलाङ्गिनी जब थिइन् सौन्दर्य आँखाभरि ॥ | |||
{{pcn|(१९)}} | |||
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिक्धिक् तँलाई पनि । | |||
::धिक् ! मेरो दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥ | |||
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए । | |||
::त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥ | |||
{{pcn|(२०)}} | |||
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन् कडा । | |||
::पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥ | |||
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी । | |||
::त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | |||
{{pcn|(२१)}} | |||
माया-मोह महान् भुलाउँछ हरे ! मूर्खै बनाईकन । | |||
::बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥ | |||
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन् । | |||
::स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:09, 30 May 2025
भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
(१७)
"केले विस्मृति भो मलाइ यसरी केको पर्यो बादल ?
केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
(१८)
हा ! हा ! दैव बनाउँछस् तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृदुलाङ्गिनी जब थिइन् सौन्दर्य आँखाभरि ॥
(१९)
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक् ! मेरो दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
(२०)
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन् कडा ।
पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)
माया-मोह महान् भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन् ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥
(२२)