Jump to content

Page:Shakuntala.pdf/311: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
बनिन्‌ मानो कोही सुरयुवति जस्ती तल झरी ।
::रुझेकी लाटी झैं गहन वनमा के गरूँसरि ॥
धरामा झर्ने जो त्रुटि सुरपुरीको महलका ।
::सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
{{pcn|(२०४)}}


कठै ! कस्ती दुःखी कठिन जगको जाल नबुझी !
::त्यसै फुल्दै हिल्दै सरलहृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन्‌ हाय बबुरी ।
::यहाँ बज्रै चड्केसरि हुन गइन्‌ कोमल परी ॥
{{pcn|(२०५)}}
"चिनो के रे तिम्रो ?"" नृपति तब बोले उनतिर ।
::"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन्‌ ।
::"कहाँ गो औंठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
{{pcn|(२०६)}}
"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
::हिंडौं आमा ! हामी अब लुछिरहून्‌ मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हुन्छ नृपते !
::उसिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
{{pcn|(२०७)}}
भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
::बसे ढोकामा ती "जननि हिंड" भन्दै कर गरी ॥
"कहाँ गो औंठी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
::"हरे ! खै त्यो आमा ! न त विधि भयो चोर प्रखर ॥
{{pcn|(२०८)}}
अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
::उडूँ झैं हुन्छिन्‌ ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
::जरूरै चीसो त्यो सरतिर निठूरी हरि ! हरि !"
{{pcn|(२०९)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:08, 28 May 2025

This page has been proofread

बनिन्‌ मानो कोही सुरयुवति जस्ती तल झरी ।
रुझेकी लाटी झैं गहन वनमा के गरूँसरि ॥
धरामा झर्ने जो त्रुटि सुरपुरीको महलका ।
सबै बिर्सेकी ती तिमिर घनमा शून्य वनमा ॥
(२०४)

कठै ! कस्ती दुःखी कठिन जगको जाल नबुझी !
त्यसै फुल्दै हिल्दै सरलहृदया स्वर्गृह रची ॥
सुनौला स्वप्नाका सुखसित फिरिन्‌ हाय बबुरी ।
यहाँ बज्रै चड्केसरि हुन गइन्‌ कोमल परी ॥
(२०५)

"चिनो के रे तिम्रो ?"" नृपति तब बोले उनतिर ।
"यही औंठी" भन्दी विरहरह ती झिक्न त्वरित ॥
दुवै दायाँ औंला चकित अब पारी गजब छन्‌ ।
"कहाँ गो औंठी त्यो ?"" भनिकन पुकारा नजरकी ॥
(२०६)

"नबस्ने हामी ता कपटदिलका यी निकटमा ।
हिंडौं आमा ! हामी अब लुछिरहून्‌ मासु यिनको ॥
अमीलो बास्नाले सुख हुदयमा हुन्छ नृपते !
उसिन्दै खाए है, मृदुलवदनीलाइ सुखले ॥"
(२०७)

भनी तर्दै आँखा रिससित चले बाहिरतिर ।
बसे ढोकामा ती "जननि हिंड" भन्दै कर गरी ॥
"कहाँ गो औंठी त्यो ?" वरपर छ सोद्धा नि नजर ।
"हरे ! खै त्यो आमा ! न त विधि भयो चोर प्रखर ॥
(२०८)

अहो ! मैले औंठी सरनिर कतै स्नान" यतिमा ।
उडूँ झैं हुन्छिन्‌ ती तर अब निराशा छ गतिमा ॥
"हरे ! औंठी तिम्रो नियतिसरि खोटो खसिगयो ।
जरूरै चीसो त्यो सरतिर निठूरी हरि ! हरि !"
(२०९)