Page:Shakuntala.pdf/310: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तिमी के इन्साफी हृदय यदि कालो लिइरहे । | |||
::तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥ | |||
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे । | |||
::परे नर्कै राजा कपट छलले दूषित रहे ॥ | |||
{{pcn|(१९८)}} | |||
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए । | |||
::प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥ | |||
यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए । | |||
::कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥ | |||
{{pcn|(१९९)}} | |||
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ? | |||
::लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥ | |||
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी । | |||
::कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥ | |||
{{pcn|(२००)}} | |||
फुटुन् किल्ला काला अनृतपथमा ठक्कर मिलोस् । | |||
::करौंतीलै खाऊन् हृदय छलका दन्तहरुले ॥ | |||
धरा काँपून् सारा गडगड गरी डग्मग भई । | |||
::लडून् शेखी तिम्रो घररर लडोस् यो छल-पुरी ॥ | |||
{{pcn|(२०१)}} | |||
लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब । | |||
::बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥ | |||
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस् घरतिर । | |||
::लुछून् काटून् खाऊन् यिनकन र जाऊन् यमपुर ॥" | |||
{{pcn|(२०२)}} | |||
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि । | |||
::नरोइन् ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥ | |||
थियो झर्झर् भर्दो तलतिर दुखी गर्जन झरी । | |||
::तिनैका आँखाका जललव भरेझैं वनभरि ॥ | |||
{{pcn|(२०३)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:58, 28 May 2025
तिमी के इन्साफी हृदय यदि कालो लिइरहे ।
तिमी के योद्धा हौ हुदय कमजोरी यति भए ॥
प्रतापी गर्वी छौ मसरि अरु को हो भनिरहे ।
परे नर्कै राजा कपट छलले दूषित रहे ॥
(१९८)
अनेकौँ राजाले मुकुटमणि फ्याँकीकन गए ।
प्रतापीका सारा असिबल त्यहाँ मिल्किन गए ॥
यशस्वी ती हुन् जो विमल-दिलका सुन्दर थिए ।
कलङ्की शोभा नै शठ नृपतिका भूषण भए ॥
(१९९)
छिपायौ इन्साफै पछि यमपुरी जानु न रह्यो ?
लुकायौ सत्यै जो तिमिर पछि बाँकी हुन गयो ॥
दुखायौ यो आत्मा हृदय कलिली वेधन गरी ।
कहाँ जान्छौ आत्मा ! अब रुन तिमी हाय नि मरी ॥
(२००)
फुटुन् किल्ला काला अनृतपथमा ठक्कर मिलोस् ।
करौंतीलै खाऊन् हृदय छलका दन्तहरुले ॥
धरा काँपून् सारा गडगड गरी डग्मग भई ।
लडून् शेखी तिम्रो घररर लडोस् यो छल-पुरी ॥
(२०१)
लिँदैनौ यि तिम्री, नियम ऋषिको रोक्दछ अब ।
बनिन् वेश्या जस्ती जल पनि नप्यूँ छौं अब सब ॥
यही छोडी जान्छौं जननि ! अब हिंड्नोस् घरतिर ।
लुछून् काटून् खाऊन् यिनकन र जाऊन् यमपुर ॥"
(२०२)
घुम्यो सारा विश्वै फनफन बन्यो चक्करसरि ।
नरोइन् ती फेरि प्रकृति पनि तर्सेर बिचरी ॥
थियो झर्झर् भर्दो तलतिर दुखी गर्जन झरी ।
तिनैका आँखाका जललव भरेझैं वनभरि ॥
(२०३)