Jump to content

Page:Shakuntala.pdf/308: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
::बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
::परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट ॥
{{pcn|(१८६)}}


विधाताको लीला तर अब म के गर्न सकुँला ?
::न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन्‌ धर्‌धर्‌ तर जगत नै आँसु छ सदा ।
::दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
{{pcn|(१८७)}}
भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
::कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
::तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
{{pcn|(१८८)}}
छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
::म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
::बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
{{pcn|(१८९)}}
तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
::सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
::दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
{{pcn|(१९०)}}
भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
::पुकारा गर्छिन्‌ "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
::गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
::धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
{{pcn|(१९१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:47, 28 May 2025

This page has been proofread

दया केही लाग्यो तर हृदयले यो छल भन्यो ।
बने आँखा ठूला नरम तर धोका उठि भन्यो ॥
'यिनी यौटी कोही विपिनदुहिता क्रूर कपट ।
परे जस्ती छन्‌ हा विकट दुःख अन्यायनिकट ॥
(१८६)

विधाताको लीला तर अब म के गर्न सकुँला ?
न हुँ स्वामी यिन्को न परिचय भो भेट न कतै ?
यिनी रुन्छिन्‌ धर्‌धर्‌ तर जगत नै आँसु छ सदा ।
दिई पैसा केही यिनकन गरूँ क्यार कि बिदा ॥'
(१८७)

भनी सोची भन्छन्‌ "छल हुन गयो घोर वनमा ।
कुनै आयो होला नृपति म हुँ भन्ने विपिनमा ॥
दिई ठूलो धोका पर जब भयो क्रूरहृदय ।
तिमी सोझी ठान्थ्यौ मकन पति झैं बीच विरह ॥
(१८८)

छकायो होला हा ! हृदय अन सम्झीकन भन ।
म तिम्रो स्वामी हूँ ? वदन अलि हेरी बुझिकन ॥
म अर्कै सच्चा हूँ नृपति तर झूटो नृप गयो ।
बिचारी सीधीको विरह र विजोगै हुन गयो ॥
(१८९)

तिमी दुःखी रै' छौ अलिकति तिमी लेउ त धन ।
सधैं सम्झी स्वामी शिखिमुकुट श्रीकृष्ण उकन ॥
बसे पूजाआजासित अब गई मन्दिरतिर ।
दिएँ धोका मैले ? तर अब नरोईकन भन ॥"
(१९०)

भनेको सुन्दा ती विरह रह झैं टल्पल गरी ।
पुकारा गर्छिन्‌ "हा ! धन-पयरको पांशु छ हरि ॥
थियो जो मेरो यो रतन रवि जस्तो त्रिभुवनी ।
गुमाएँ त्यै हीरा धन अरु धूलो हो" यति भनी ॥
रुँदै झुल्किन्‌ मोतीहरु नयनका बर्बर गरी ।
धनै के चाहिन्थ्यो त्यति बुझिदिए हाय ! बिचरी ॥
(१९१)