Page:Shakuntala.pdf/283: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा । | |||
::बोलिन् ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥ | |||
ती हुन् छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।" | |||
::भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन् प्रेमसाथ ॥ | |||
{{pcn|(५३)}} | |||
"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर । | |||
::उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥ | |||
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?" | |||
::भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥ | |||
{{pcn|(५४)}} | |||
"को यिनीहरु ? यहाँ किन आए ! | |||
::कण्वले किन मलाई छकाए ॥ | |||
सम्झना न छ ममा यिनसाध । | |||
::भेटसम्म न त सम्झुँ न बात ॥ | |||
{{pcn|(५५)}} | |||
एक रात न बसेँ सँग काहीँ । | |||
::गर्भिणी युवति छन् अघि याहीं ॥ | |||
के भयो नि ! जगदीश ! फसाद । | |||
::हुन्न हाय ! यिनको रति याद ॥ | |||
{{pcn|(५६)}} | |||
पाप लाग्छ गहिरो पछिसम्म । | |||
::बिर्सिए यति ! म बन्छु अचम्म ॥ | |||
देखिएन यिनलाइ अगाडि । | |||
::के गरी ग्रहण गर्नु पछाडि ॥ | |||
{{pcn|(५७)}} | |||
ह्वैन ह्वैन तर ह्वैन जरूर । | |||
::सम्झने पनि नभै यति बेर ॥ | |||
हेर्छ सुन्दर मुहार न चिन्छु । | |||
::यो छकावट भनी बुझिलिन्छु ॥ | |||
{{pcn|(५८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:31, 27 May 2025
धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा ।
बोलिन् ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन् छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
भन्दा आशा उठेकी नृपपयर छुँदी उठ्दछिन् प्रेमसाथ ॥
(५३)
"हाः हाः कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
उठ्दा राजा जुरुक्कै चकित दुइ बने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
भन्दा आश्चर्य मानी टुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
(५४)
"को यिनीहरु ? यहाँ किन आए !
कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
भेटसम्म न त सम्झुँ न बात ॥
(५५)
एक रात न बसेँ सँग काहीँ ।
गर्भिणी युवति छन् अघि याहीं ॥
के भयो नि ! जगदीश ! फसाद ।
हुन्न हाय ! यिनको रति याद ॥
(५६)
पाप लाग्छ गहिरो पछिसम्म ।
बिर्सिए यति ! म बन्छु अचम्म ॥
देखिएन यिनलाइ अगाडि ।
के गरी ग्रहण गर्नु पछाडि ॥
(५७)
ह्वैन ह्वैन तर ह्वैन जरूर ।
सम्झने पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
यो छकावट भनी बुझिलिन्छु ॥
(५८)