Page:Shakuntala.pdf/281: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग । | |||
::आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥ | |||
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई । | |||
::बोली बिर्सी डरसित भनिन् "बिर्सिए की मलाई ॥" | |||
{{pcn|(४१)}} | |||
केही काँपी अधर अरुले थाह केही नपाई । | |||
::चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥ | |||
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली । | |||
::पर्खिन्छिन् ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥ | |||
{{pcn|(४२)}} | |||
आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा । | |||
::चम्की आए दृग उछलियो आसको बैँस छाती ॥ | |||
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले । | |||
::वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥ | |||
{{pcn|(४३)}} | |||
फूलै फूलेसरि पयरले चारु चाला चलेर । | |||
::कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥ | |||
श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं । | |||
::ऊँचा बन्छिन् मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥ | |||
{{pcn|(४४)}} | |||
जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि । | |||
::रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥ | |||
स्वर्गै उक्लेसरि युवति छन् खालि थूँगासमान । | |||
::सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥ | |||
{{pcn|(४५)}} | |||
बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला । | |||
::हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥" | |||
के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई । | |||
::बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥ | |||
{{pcn|(४६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:22, 27 May 2025
पैह्लो रोमाञ्च मुटुतिरको केन्द्रको भै सिरिङ्ग ।
आधा उड्दै स्तनसित तलै भर्छ वैराग्यसाथ ॥
आँखा छीटा अब त रसिला गौतमीतर्फ लाई ।
बोली बिर्सी डरसित भनिन् "बिर्सिए की मलाई ॥"
(४१)
केही काँपी अधर अरुले थाह केही नपाई ।
चीसो गाँठो मुटु छ गठिलो शब्द केही नपाई ॥
फर्की छीटा शरम दृगको रोक्न केही सँभाली ।
पर्खिन्छिन् ती भ्रमरतिर नै कुञ्चित भ्रू लगाई ॥
(४२)
आयो पुड्के असिकर त्यहाँ गर्छ आई इशारा ।
चम्की आए दृग उछलियो आसको बैँस छाती ॥
राम्रा मीठा पलक भरिए मञ्जरी मञ्जु बोले ।
वास्ना जस्तो लहर वनकी जिन्दगी चुम्छ प्यारो ॥
(४३)
फूलै फूलेसरि पयरले चारु चाला चलेर ।
कुल्ची राम्रा मखमल त्यहाँ पाउले ती प्रसन्न ॥
श्री झैं फुल्दी कुसुम ऋतुकी मारकी मोहिनी झैं ।
ऊँचा बन्छिन् मृदुल वदनी चम्किँदी नेत्रज्योति ॥
(४४)
जालिन् जस्ती अघि त कहिले गौतमीकी अगाडि ।
रोकिन्छिन् ती शरम बढी गै रोक्न औत्सुक्य भारी ॥
स्वर्गै उक्लेसरि युवति छन् खालि थूँगासमान ।
सोपानै भै कुसुम पथ त्यो कल्पना नै विमान ॥
(४५)
बोल्ने चाला नहोला उपरतिर बसी काइदा हैन होला ।
हाँसी भन्लान् मलाई "किन यस रितले पर्दथ्यो आउनै र ॥"
के चिन्दैनन् र काला भमरहरू पनि प्रेमका पुष्पलाई ।
बिर्सन्थे हाः कसोरी प्रियतम मुटुका ज्योति आफैं मलाई ॥
(४६)