Page:Laxmi nibandhasangraha.pdf/74: Difference between revisions
→Not proofread: Created page with "फूल कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन् ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
फूल | {{Right|{{x-larger|'''फूल}}}} | ||
कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन् ? प्रकृतिमा | कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन् ? प्रकृतिमा | ||
जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर | जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर | ||
रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ । | रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ । | ||
सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले | सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले | ||
सिंगार्दछन् । | सिंगार्दछन् । वास्तवमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ । | ||
अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर | अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर | ||
छरिन्छन् । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको | छरिन्छन् । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको | ||
देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो | देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो | ||
गराउँछन् । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन् । कविता | गराउँछन् । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन् । कविता | ||
पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको | पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको | ||
जागरणकालमा प्रादुर्भाव भएको न हो ! त्यो सच्चा कविता हो, जसमा | |||
जागरणकालमा प्रादुर्भाव भएको न | माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँ पुर्याउँदछ । | ||
हो ! त्यो सच्चा कविता हो, जसमा | |||
माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ- | |||
सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको | सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको | ||
उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा | उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा | ||
घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई | घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई | ||
बीभत्स रूपबाट बचाएका छन् । मानिस पनि एउटा फूलको कोपिला | बीभत्स रूपबाट बचाएका छन् । मानिस पनि एउटा फूलको कोपिला | ||
हो, जसमा भावको रङ्ग चढ्दछ, | हो, जसमा भावको रङ्ग चढ्दछ, सहृदयताको कोमलता आउँछ, विचारको | ||
संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी | संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी | ||
मगमगाउँछ ! | मगमगाउँछ ! | ||
Line 38: | Line 24: | ||
यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने | यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने | ||
माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो | माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो | ||
Latest revision as of 12:39, 15 February 2025
फूल
कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन् ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ । सुन्दरताका उपासक कविजीहरू कवितालाई अनेक रङ्गका कुसुमहरूले सिंगार्दछन् । वास्तवमा प्रकृतिको मोहनी मृदुल अधरबाट बोल्दछ । अनन्त सौन्दर्यका झिल्काहरू वसन्तको नवजागृतिमा वसुन्धराउपर छरिन्छन् । फुलेको बगैंचाले हामीलाई भित्र-भित्रै उचाल्दछ । रहस्यको देशबाट आएका वैशाखका पाहुनाहरूले जीवनको निकेतनलाई रमाइलो गराउँछन् । यसकारण सबै कविहरू वसन्तका पुजारी बन्दछन् । कविता पनि त शरीरको माटोमा जरा हालेर फुलेको सौन्दर्यको पुष्प मनको जागरणकालमा प्रादुर्भाव भएको न हो ! त्यो सच्चा कविता हो, जसमा माटोले सौन्दर्यको कोमल रङ्ग लिन्छ र हृदयलाई कहाँ-कहाँ पुर्याउँदछ । सच्चा कवि वसन्तको फूलबारी हो । मानिसले साहित्यमा नै प्रकृतिको उचाइ र सौन्दर्य लिन्छ । नत्र बिचरा मानिस प्रकृतिका फूलबारीमा घस्रेर चल्ने कीराको रूपमा देखिन्छ । साहित्यका आदर्शले नै जीवनलाई बीभत्स रूपबाट बचाएका छन् । मानिस पनि एउटा फूलको कोपिला हो, जसमा भावको रङ्ग चढ्दछ, सहृदयताको कोमलता आउँछ, विचारको संगतिद्वारा सौन्दर्य विकासमान हुन्छ र भित्रको सुगन्धले घरबारी मगमगाउँछ ! कृ्ष्णजीको नाभिबाट कमल फुलेको छ, कमलका फूलमा चार वेद हातमा लिएका बह्माजी प्रादुर्भूत हुनुभएको छ । हरेक फूलमा नजर भएकालाई चारै वेद फुलेका छन्। हेर यो गुलाब ! एकान्तमा हृदयअगाडि यसले हजार कलिला ओठ खोलेर बोल्दछ । कालो, खस्रो गन्हाउने माटोबाट यो सौन्दर्य, यो सुवास कसरी आयो ! कुन गहिराइबाट यो