Jump to content

Page:Ek chihan.pdf/117: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि  
"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि  
अफसोसको भावमा शिवनारानले भने ।
अफसोसको भावमा शिव नारानले भने ।


"बा ! यसपालि धान काटेपछि हामीले सधैं दुई छाक भात खान पाउने  
"बा ! यस पालि धान काटेपछि हामीले सधैँ दुई छाक भात खान पाउने  
छौं ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन  
छौँ ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन  
बा ! दाल तर्कारी हालेर सुरुसुरु भात मात्तै खान मन लागिरहेछ !" छोरा
बा ! दाल तर्कारी हालेर सुरु सुरु भात मात्तै खान मन लागि रहेछ !" छोरा
चाहिँले भन्यो ।
चाहिँले भन्यो ।


"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर  
"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर  
भनेको !" सुस्केरा हाल्दै शिवनारानले भने ।
भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने ।


"म पनि सधैं भात खान्छु बा ! मैले पनि त घाँसै उखेलिरहेकी
"म पनि सधैँ भात खान्छु बा ! यी मैले पनि त घाँसै उखेलि रहेकी
छु ।" छोरीले भनी ।
छु ।" छोरीले भनी ।


Line 19: Line 19:


घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै  
घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै  
शिवनारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परिरहेको
शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परि रहेको
थियो, उनीहरू पनि काम गरिरहेका थिए । बढ्ता तोडमा पानी परेको बेला
थियो, उनीहरू पनि काम गरि रहेका थिए । बढ्ता तोडमा पानी परेको वेला
छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।
{{nop}}
{{nop}}

Latest revision as of 23:10, 23 June 2025

This page has been proofread

"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिव नारानले भने ।

"बा ! यस पालि धान काटेपछि हामीले सधैँ दुई छाक भात खान पाउने छौँ ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरु सुरु भात मात्तै खान मन लागि रहेछ !" छोरा चाहिँले भन्यो ।

"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने ।

"म पनि सधैँ भात खान्छु बा ! यी मैले पनि त घाँसै उखेलि रहेकी छु ।" छोरीले भनी ।

"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्‌तै हाकुमायाले भनिन् ।

"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।

घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परि रहेको थियो, उनीहरू पनि काम गरि रहेका थिए । बढ्ता तोडमा पानी परेको वेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।