Jump to content

Page:Ek chihan.pdf/116: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, फार बढ्‌नाले बिरुवाको स्वास्थ्य  
उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, झार बढ्‌नाले बिरुवाको स्वास्थ्य  
नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलिरहेको धानमा  
नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलि रहेको धानमा  
पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनूँ भने धान  
पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनुँ भने धान  
एकदम कम हुन्छ ।" शिवनारानले भने ।
एकदम कम हुन्छ ।" शिव नारानले भने ।


"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन  
"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन  
सकेका छौं ? कुन किसानले दरबार बनाउन सकेको छ ? ‘खेत’ भनी सधैं
सकेका छौँ ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैँ
यसरी मरिरहेका छौं । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ  
यसरी मरि रहेका छौँ । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ  
वर्षामा कति दिन बिनाएकादशी पनि उपवास र निराहार उत्तिकै बस्नुपर्छ ।"  
वर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नु पर्छ ।"  
मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।
मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।


"खान त पाएनौँ हामीले, लौ हो भनौं, तर संसारलाई ख्वाउन त पाएका  
"खान त पाएनौँ हामीले, लौ हो भनौँ, तर संसारलाई ख्वाउन त पाएका  
छौँ- यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिवनारानले पनि हाँस्तै भने ।
छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।


"लौं हिँड्नोस्, तपाईंसित को कुरा गरिरहन सक्छ ?"
"लौँ हिँड्नोस्, तपाईंसित को कुरा गरि रहन सक्छ ?"


हाकुमाया र शिवनारान दुवै मिलेर खोजीखोजीकन खेतमा झार,  
हाकुमाया र शिव नारान दुवै मिलेर खोजी खोजीकन खेतमा झार,  
घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर फार उखेल्ने  
घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर झार उखेल्ने  
काममा लागिरहेका थिए, जसलाई दुःख होइन, शिवनारानले तालिम  
काममा लागि रहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम  
सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिवनारानले आफ्ना छोराछोरीहरूसित  
सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित  
कुरा गरिरहेका थिए- "यसपालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो  
कुरा गरि रहेका थिए– "यस पालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो  
मिहिनेतअनुसार खेतमा पूरै बाली फल्नेछ । घर पनि हामी यसपालि
मिहिनेत अनुसार खेतमा पुरै बाली फल्ने छ । घर पनि हामी यस पालि
काइदासाथ मर्मत गर्नेछौं हर्षनारान नानीथकुंको बिहेको भोज पनि  
काइदासाथ मर्मत गर्ने छौँ हर्ष नारान नानीथकुँको बिहेको भोज पनि  
ख्वाउन बाँकी छ । बाली काटिसकेपछि अलिकति धान बेचेर भए पनि यस
ख्वाउन बाँकी छ । बाली काटि सकेपछि अलिकति धान बेचेर भए पनि यस
पालि त एक चोटि सिनेमा पनि नहेरिछोड्दिनँ ।"
पालि त एक चोटि सिनेमा पनि नहेरि छोड्दिनँ ।"


"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।
"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।


"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यसपालि म बाइस्कोप  
"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यस पालि म बाइस्कोप  
देखाउन लैजान्छु ।" शिवनारानले भने ।
देखाउन लैजान्छु ।" शिव नारानले भने ।


"साँच्ची, एक चोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के’ गर्नैपर्छ ।  
"साँच्ची, एकचोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के<ref>कहिल्यै प्राप्त वा अनुभव नभएका कुरा पाउनु वा अनुभव प्राप्त गर्नु (नेवारी शब्द) ।</ref> गर्नै पर्छ ।  
नेपालमा सिनेमा आएको यतिका वर्ष भइसक्यो, आजसम्म हेर्न पाएको छैन ।"  
नेपालमा सिनेमा आएको यतिका वर्ष भइ सक्यो, आजसम्म हेर्न पाएको छैन ।"  
हाकुमायाले भनिन् ।
हाकुमायाले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 23:08, 23 June 2025

This page has been proofread

उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, झार बढ्‌नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलि रहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनुँ भने धान एकदम कम हुन्छ ।" शिव नारानले भने ।

"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौँ ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैँ यसरी मरि रहेका छौँ । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नु पर्छ ।" मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।

"खान त पाएनौँ हामीले, लौ हो भनौँ, तर संसारलाई ख्वाउन त पाएका छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।

"लौँ हिँड्नोस्, तपाईंसित को कुरा गरि रहन सक्छ ?"

हाकुमाया र शिव नारान दुवै मिलेर खोजी खोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर झार उखेल्ने काममा लागि रहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित कुरा गरि रहेका थिए– "यस पालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेत अनुसार खेतमा पुरै बाली फल्ने छ । घर पनि हामी यस पालि काइदासाथ मर्मत गर्ने छौँ । हर्ष नारान र नानीथकुँको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटि सकेपछि अलिकति धान बेचेर भए पनि यस पालि त एक चोटि सिनेमा पनि नहेरि छोड्दिनँ ।"

"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।

"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यस पालि म बाइस्कोप देखाउन लैजान्छु ।" शिव नारानले भने ।

"साँच्ची, एकचोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के[1] गर्नै पर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइ सक्यो, आजसम्म हेर्न पाएको छैन ।" हाकुमायाले भनिन् ।

  1. कहिल्यै प्राप्त वा अनुभव नभएका कुरा पाउनु वा अनुभव प्राप्त गर्नु (नेवारी शब्द) ।