Page:Ek chihan.pdf/115: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{left|{{larger|'''तिस'''}}}} | {{left|{{larger|'''तिस'''}}}} | ||
भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार | |||
पनि यस पालि राम्रो भएको हुनाले | पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ | ||
सिद्धिएदेखि | सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा | ||
गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका | |||
बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू | बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू | ||
मुजुराउन पनि | मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ । | ||
शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । | |||
किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी | किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी | ||
छिन् । | छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि | ||
रहन आह्वान | रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि | ||
अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र | अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र | ||
रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई | रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने | ||
किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।" | किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।" | ||
"तपाईं त मलाई | "तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के | ||
त्यस्तो आराम | त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । | ||
" | "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि | ||
ठट्टाको भावमा | ठट्टाको भावमा शिव नारानले भने । | ||
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् । | "के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् । | ||
"खेतमा धानको शत्रु | "खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी | ||
खोजीकन | खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, |
Latest revision as of 23:03, 23 June 2025
भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ ।
शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्को जीवन हो र जिन्दगीको ज्योति हो ।"
"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि ठट्टाको भावमा शिव नारानले भने ।
"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।
"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ,