Jump to content

Page:Shakuntala.pdf/222: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
::आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
::विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
{{pcn|(२९)}}


"को छन्‌ ए यो घरतिर, कनै कान छैनन्‌ यहाँ के ?"
::भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन्‌ ।
::बायाँ फर्की कर शिर झुकिन्‌ भालले छुन्छ औंला ॥
{{pcn|(३०)}}
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
::कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
::देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
{{pcn|(३१)}}
यस्तै मूढा यस विपिनमा पर्दछन्‌ जाड्य-मूर्छा ?
::बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
::फर्कन्छन्‌ के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
{{pcn|(३२)}}
यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
::नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
::ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
{{pcn|(३३)}}
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
::सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
::बिर्सोस्‌ यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 13:22, 17 May 2025

This page has been proofread

माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
(२९)

"को छन्‌ ए यो घरतिर, कनै कान छैनन्‌ यहाँ के ?"
भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन्‌ ।
बायाँ फर्की कर शिर झुकिन्‌ भालले छुन्छ औंला ॥
(३०)

दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)

यस्तै मूढा यस विपिनमा पर्दछन्‌ जाड्य-मूर्छा ?
बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन्‌ के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)

यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
(३३)

मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस्‌ यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
(३४)