Page:Shakuntala.pdf/221: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला । | |||
::भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥ | |||
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ । | |||
::हाँसी आए अरु सब उठे, ती उठिन् आँसुधार ॥ | |||
{{pcn|(२३)}} | |||
'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे । | |||
::स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥ | |||
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र । | |||
::भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥ | |||
{{pcn|(२४)}} | |||
"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो । | |||
::भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥ | |||
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर । | |||
::देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥ | |||
{{pcn|(२५)}} | |||
धेरै पर्खे तर युवतिले देखिनन्, स्वप्नमग्ना । | |||
::'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥ | |||
"सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई । | |||
::'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥ | |||
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं | |||
::के गर्छन् यी ? ऋषिहरु कहाँ जन्म दिन्छन् यिनैले ? | |||
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे । | |||
{{pcn|(२६)}} | |||
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा । | |||
::सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥ | |||
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी । | |||
::कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥ | |||
{{pcn|(२७)}} | |||
कामै कालो कलुष मनको जातिको नाश गर्ने । | |||
::कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥ | |||
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने । | |||
::कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:50, 17 May 2025
त्यस्तैमा ती समरविजयी रत्नका ताजवाला ।
भालालाई अलिकति बढेका उज्याला र अग्ला ॥
बन्थ्यो रेखा असि कमरमा, स्वर्णको म्यानसाथ ।
हाँसी आए अरु सब उठे, ती उठिन् आँसुधार ॥
(२३)
'प्यारी' भन्दै विजय करले पातलो आँग बेरे ।
स्वर्गै वर्लेसरि हुन गयो चारु आँखा उचालिन् ॥
भेटे दोटा, दिल दिल गई नेत्रका ज्योतिभित्र ।
भिन्नै छिप्दा बहुत दिनका भाव झल्के विचित्र ॥
(२४)
"मेरो कस्तो विरह रहको मत्स्यको झैं दशा भो ।
भन्दी आत्मा सजलनयनी टल्पलाएर आइन् ॥
दुर्वासाले यस दिन कटी कण्वको सम्झिएर ।
देखे आँखा सरस विरही स्वप्नका देशभित्र ॥
(२५)
धेरै पर्खे तर युवतिले देखिनन्, स्वप्नमग्ना ।
'कस्ती अन्धी' मन मन भने शब्द यौटा उठाए ॥
"सुन्छन् कानै पनि' अनि त्यहाँ चित्त आयो रिसाई ।
'हाम्रा कस्ता ऋषि-कल-सुता बिग्रिएका बिकम्मा ॥
प्रेमी कामी विरह रहका मत्स्यका बालिका झैं
के गर्छन् यी ? ऋषिहरु कहाँ जन्म दिन्छन् यिनैले ?
बिग्रे भत्के द्विज अब सबै ! जाति पार्छन् खियौटे ।
(२६)
कस्ती अन्धी ! प्रकत महिमा मात्र देख्दी दशामा ।
सुक्छन् तेरा रस, तनु सुकी बन्छ मूढो चिताको ॥
कर्म्मै बिर्सी सब कलमको, दूर सत्कार फ्याँकी ।
कामी अन्धी त्रिभुवनविषे अन्धकारै छ छर्दी ॥
(२७)
कामै कालो कलुष मनको जातिको नाश गर्ने ।
कालो धुवाँ समरहरुको, शान्तिको भङ्ग गर्ने ॥
यै बाधा हो सकल ऋषिको, विश्वको प्राण हर्ने ।
कस्ती अन्धी, म अघि छु खडा यो छ मर्दा नहेर्ने ॥
(२८)